नियन्त्रणमा लिएको अबैध लागु औषध गाँजा प्रहरीवाट नष्ट

545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gajaa धादिङ–विभिन्न समयमा नियन्त्रणमा लिएको अबैध लागु औषध गाँजा प्रहरीले भदौ १३ गते शुक्रवार नष्ट गरेको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय परिसरको पूर्वपट्टी रहेको खाली चौरमा चौरमा १६ सय ४० ग्राम गाँजा प्रहरीले नष्ट गरेको हो । प्रहरीले साउन ३० गते धादिङको बैरेनी गाविस ९ वस्ने वर्ष ४० का अजय श्रेष्ठको घरवाट १९० ग्राम, जिल्लाकै बेनीघाट १ मलेखु वस्ने वर्ष ४२ को प्रकाश कुमार क्षेत्रीको घरवाट ७०० ग्राम र भदौ १ गते जिल्लाको पिडा ३ घर भई हाल बेनिघाट १ वस्ने वर्ष २३ को राजाराम अधिकारीको घरवाट  ७५० ग्राम लागु औषध गाँजा वरामद गरेको जनाएको छ । गाँजा सहित पक्राउ परेकाहरु जिल्ला अदालत वाट म्याद थप गरी प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।