कक्षा १२ को विज्ञान सङ्कायको नतिजा सार्वजनिक

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा देशरीवाट ७० दशमलव ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । विज्ञान सङ्कायमा कुल ३६ हजार ७२७ जना परीक्षार्थीले परीक्षा दिएकामा कुल २५ हजार ८६६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का प्रवक्ता एवम् प्रशासन प्रमुख नारायण कोइरालाले जानकारी दिनुभयो । परिषद्ले अन्य सङ्कायको परीक्षाफल पनि दसैँ अगाडि सार्वजनिक गर्ने जनाएको छ ।