२७ वटा सामुदायिक विद्यालयहरु गाभिए

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ÷जिल्ला शिक्षा कार्यालय धादिङले धादिङमा विद्यार्थीहरुको संख्या न्युन भएका २७ वटा सामुदायिक विद्यालयहरु गाभिएका छन । यसरी गाभिएका बिद्यालयहरुमा प्रा.वि तहका २४ वटा र कक्षा ५ बाट ३ कक्षामा झारिएका ३ वटा गरी कुल २७ वटा रहेको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ ।
विद्यालयको तह अर्थात कक्षा घटाईएका विद्यलायहरुमा सुन्दरादेवि प्रा.वि नीलकण्ठ–२, कुवापानी प्रा.वि. नौबिसे र नागकन्या प्रा.वि. मुलपानी रहेको छ । विद्यालयहरुमा विद्यार्थीहरुको संख्या कमी भए अनुसार विद्यलाय ब्यबस्थापन समितिको निर्णय र शिक्षकहरुको माग अनुसार विद्यालयहरु गाभिएको जिल्ला शिक्षा कार्यालय धादिङका प्राविधिक सहायक सोमनाथ गुरागाँईले बताउनु भयो । यसरी विद्यलायहरु एक अर्कामा गाभिँदा शिक्षक र विद्यार्थीहरुलाई मर्का नपर्ने गरी सम्बन्धीत गाविसहरुलाई नै बढी प्राथमिकता दिएर विद्यालयहरु गाभिएको उहाँको भनाई रहेको छ । विद्यालयहरु गाभिँदा विद्यालयको भौगोलिक दुरीलाई लगायत अन्य भौतिक पक्षहरुलाई हेरी कक्षा १ देखि १० कक्षा सम्मका विद्यालयहरु मात्र गाभिँएको छ । सामान्य तय शिक्षा ऐन र निति अनुसार हिमाली क्षेत्रमा ४० जना, पहाडी क्षेत्रमा ४५ जना र तराई क्षेत्रमा ५० जना विद्यार्थीहरु हुनु पर्ने शिक्षा नीति नियमको प्रावधान रहेको छ । त्यसो त जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुलाई अनुमति दिँदा सोच विचार र नक्साङकन बनाएर अनुमति नदिएको कारणले अहिले यस्तो समस्या आई परेको हो । जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी बद्री कुमार बस्नेतका अनुसार शिक्षा कार्यालयले विद्यालयहरुको छनोट गर्दा उपयुक्त स्थानको छनोट नगरी विद्यालयहरु खोल्न दिँदा काम गर्न निकै समस्या आएकोले समेत बताउनु भयो । यसरी विद्यालयहरु एक अर्कामा गाभिँदा विद्यालयहको लागि आउँने भौतिक खर्च, कार्यालय सहयोगी साम्रगी र विद्यालयले पाउने अनुदान रकम कम हुने र काम गर्न सहज हने बताउनु भयो ।