धादिङ जिविसका पुर्व सभापती गोकर्णराज लामिछानेको निधन

1307 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–धादिङ जिल्ला विकास समितिका पुर्व सभापती गोकर्णराज लामिछानेको ५६ बर्षको उमेरमा भदौ १८ गते विहान २ वजे उपचारकै क्रममा असायमिक निधन भएको छ ।
gokarana lamichhaneपछिल्लो समय मधुमेहको समस्या भोग्दै आईरहनु भएका लामिछानेको उपचारका क्रममा काठमाण्डौं मेडिकल कजेलमा निधन भएको हो । लामिछानेको जन्म २०१५ साल भदौ १९ गते नुवाकोट जिल्लाको दुईपिपलमा भएको हो । नुवाकोटको दुईपिपलवाट परिवार वसाई सरेर पर्सा जिल्लाको गादी गाविसमा गएपछि उहांले त्यहिवाट गाउं पञ्चायतको वडा सदस्य भई राजनैतिक यात्रा शुरु गर्नु भएको थियो ।
पर्सा जिल्लावाट शुरु भएको राजनैतिक यात्रा २०६३ मा तत्कालिन राजा ज्ञानेन्द्रवाट मनोनित जिल्ला विकास समितिको सभापती, राप्रपावाट विभाजित भएको राष्ट्रिय जनशक्ती पार्टीको जिल्ला अध्यक्ष र पछिल्लो समय राप्रपा नेपालको केन्द्रिय सदस्य समेत हुनुभएको थियो । पर्सा जिल्लावाट वसाई सरेर धादिङको कुम्पुर गाविसको पिपलटारमा वसोवास गर्दै आउनु भएका लामिछानेको परिवार काठमाण्डौं र पिपलटारमा बस्दै आईरहेको थियो । स्वर्गिय लामिछानेको दुई श्रीमती र एक छोरा छन । केही बर्ष देखि मधुमेहवाट थलिंदै आउनु भएका लामिछाने पछिल्लो समय सार्वजनिक जिम्मेवारीमा रहनु भएको थिएन ।
राजतन्त्रको पक्षपाती भएपनि जिविस सभापती हुंदा लामिछानेले विकास निर्माणका काममा निकै सक्रियता देखाउनु भएको थियो । लामछाने सभापती भएको वेला सितापाईला–गल्छि सडकको ट्रयाक निर्माण भई मोटर संचालनमा आउनुका साथै, पृथ्वीराजमार्गको घाटवेसीवाट कुम्पुर गाविसको पिपलटार जोड्ने त्रिशूली नदी तर्ने झोलुङ्गे पुलको निर्माण गरेर चर्चामा आउनु भएको थियो ।
लामिछानेको निधन प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले दुःख व्यक्त गरेका छन ।