रेडक्रस दिवसमा कारागारमा सरसफाई सामाग्री र विरामीलाई फलफुल बितरण

856 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

redcroos SAM_4396 SAM_4404 SAM_4418 धादिङ÷नेपाल रेडक्रस सोसाइटी स्थापनाको ५१ औं बर्ष प्रवेश गरेको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले विरामीलाई फलफुल र कारागारका कैदी वन्दीलाई सरसफाई सामाग्री वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजनामा विहीवार जिल्ला कारागार परिसरमा आयोजित कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र रेडक्रस धादिङका सभापती इश्वरीप्रसाद अधिकारीले संयुक्त रुपमा कारागारका महिला तथा पुरुष नाईकेहरुलाई ११ वटा बाल्टीन र १ सय ६१ वटा सावुन वितरण गरिएको थियो ।
यसैगरी रेडक्रस दिवसकै अवसर पारेर रेडक्रसले जिल्लन कारागारमा एक थान स्टेचर प्रदान गरेको छ । कारगारमा रहेका वन्दी तथा कैदी आकस्मिक विरामी पर्दा स्वास्थ्योपचारका लागि अस्पताल लैजान भोग्नु परेको समस्या समाधानका लागि स्ट्रेचर सहयोगी हुने कारागार प्रमुख चिरन्जिवी गौतमले बताउनु भयो । त्यसै गरी रेडक्रस दिवसकोअवसर पारेर रेडक्रसले जिल्ला अस्पताल धादिङमा स्वास्थ्यउपचार गराईरहेका २९ जना विरामीलाई फलफूल वितरण गरेको छ । फलफूल बितरणका लागि अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट,रेडक्रसका सभापती तथा अन्य सरकारी कर्मचारी, संचारकर्मी एवम रेडक्रसकर्मीको टोलीलाई विरामीहरुले भने बिरामीका आफन्तले फलफूल भन्दा अस्पतालको सरसफाईमा ध्यान दिन आग्रह गरेका थिए । बिरामी बस्ने कोठा र अस्पतालको सरसफाई लाई विशेष ध्यान दिन विरामीका आफन्तले सुझाव दिएका थिए ।