फरार अभियुक्तहरु धादिङमा धमाधम पक्राउ पर्दै

859 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- विभिन्न समयमा अपराध कार्यमा संलग्न रहि अदालतवाट सजायं पाएपछि तोकिएको कैद भुक्तान नगरी फरार रहंदै आएका व्यक्तिहरु धादिङ प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
यसैक्रममा भदौ १८ गते धादिङको साविकको सुनौलावजार गाविस वडा नम्बर १ घर भएका ६२ बर्षिय रिखे सार्की पक्राउ परेका छन ।

कर्तव्य ज्यान मुद्धामा अदालतवाट ८ बर्षको सजायं पाएर पनि एघार बर्ष देखि फरार रहंदै आएका  सुनौलावजारका रिखे सार्की पक्राउ पछि जेल चलान गरिएका छन ।
कर्तव्य ज्यान मुद्धामा अदालतवाट ८ बर्षको सजायं पाएर पनि एघार बर्ष देखि फरार रहंदै आएका सुनौलावजारका रिखे सार्की पक्राउ पछि जेल चलान गरिएका छन ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको २०६१ फागुन १३ गतेको फैसलाले सार्कीलाई आठ वर्ष कैद सजाँय तोकेको भएपनि सार्की फरार रहंदै आएका थिए । सर्वोच्च अदालतको फैसलावाट कैद सजायं तोकिएका व्यक्ति गाउं घरमै रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई घरमै फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ पछि सार्कीलाई भदौ १९ गते जिल्ला अदालत पेश गरिएकोमा तोकिए वमोजिमको कैद भुक्तानको लागि आदेश भई उनलाई कारागार चलान गरिएको छ । यस अघि प्रहरीले ज्यामरुङका वलराम धमला र धुंवाकोटका दिलवहादुर श्रेष्ठलाई पनि पक्राउ गरि अदालत पेश गरेको थियो । नकवजनी चोरीको आरोपमा धमलालाई २०६१ असार १५ गते काठमाण्डौं जिल्ला अदालतले ८९ हजार ७ सय रुपैया जरिवाना तोकेकोे थियो । लामो समय फरार रहेर पक्राउ परेका धमलाले अदालतले तोके वमोजिमको जरिवाना तिरेपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ । यसै गरी बिदेशी बिनीमय मुद्दामा काठमाण्डौ जिल्ला अदालतको २०५८ पुस २ गतेको फैसलाले दुई करोड ६२ लाख ५१ हजार ८ सय ९५ जरिवाना तोकिएपछि फरार रहँदै आएका श्रेष्ठलाई बिशेष सुराकीको आधारमा भदौ १ गते काठमाण्डौ सोह्रखुट्टे चोकबाट धादिङ प्रहरीले पक्राउ गरी ल्याएको थियो । तोकिएको जरिवाना तिर्न नसकेपछि श्रेष्ठ जेल चलान गरिएका छन । देशका विभिन्न अदालतवाट कैद सजायं तथा जरिवाना तोकिएका अभियुक्तहरु धादिङमा धेरै नै रहेपनि प्रहरीलाई छल्दै ति फरार रहने गरेको भएपनि बिशेष टोली परिचालन गरेर भएपनि ति सवैलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको वताईएको छ ।