दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, भदौ २० – पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको नौविसे गाविस वडा नम्बर १ धार्के नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

चितवनवाट सामान लिएर काठमाडौंका लागि छुटेको ना ५ प २९२९ नम्वरको ट्रकले विपरित दिशावाट आउँदै गरेको वा ४९ प २०४९ नम्बरको मोटरसाईकललाई शुक्रवार ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमा नै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा काभ्रे जिल्ला ज्याम्दी घर भएका ३२ वर्षका शैलेन्द्र पराजुली रहेका प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।