जगत ज्योति सामुदायिक विकास समाज (जेड्स— नेपाल ) मा नयां नेत्तृत्व

738 पटक पढिएको

सम्पादक: Dhading News

jcdsमैदी–जगत ज्योति सामुदायिक विकास समाज ( जेड्स—नेपाल ) ,मैदी ,धादिङको चौधौ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन भदौ २० गते शुक्रवार सम्पन्न भएको छ । संस्थाको कार्यालय मैदी गाविस—७, सातदोवाटोमा संस्थाका अध्यक्ष दुर्गानारायण श्रेष्ठको अध्यक्षता एवम गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालको प्रमुख आतिथ्यता अधिबेशन सम्पन्न भएको हो । अधिबेशनको उदघाटन सभामा स्थानीय राजनैतिक दलका प्रमुखहरु , विद्यालयका प्र.अ.हरु , सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
अधिवेशनले तय गरेको निर्वाचन मण्डलका संयोजक वसन्त कुमार श्रेष्ठ , दुर्गा नारायण श्रेष्ठ र वावुकाजी श्रेष्ठले संस्थाको विधान वमोजिम ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय नया कार्य समितिको चयन गरेको छ । नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा गोविन्दमान श्रेष्ठ, महासचिवमा सुजन श्रेष्ठ,सचिवमा शान्ता श्रेष्ठ, कोषाध्यक्षमा टोपनारायण श्रेष्ठ रहनु भएको छ । यसैगरी सदस्यहरुमा नवराज सिलवाल,जानुका सिम्खडा,सीता सामरी र ज्ञानु परियार चयन हुनु भएको छ । कार्य समितिको अवधि तीन बर्षको रहने संस्थाले जनाएको छ ।
अधिवेशनवाट कार्यक्रम व्यवस्थापन समितिमा संयोजक मदन कुमार श्रेष्ठ , सदस्यहरुमा दुर्गानारायण श्रेष्ठ र होमवहादुर वस्न्यातलाई चयन गरिएको छ भने कार्यक्रम अनुगमन तथा मुल्यांकन समितिको संयोजकमा रामवहादुर भारती, सदस्यहरुमा सुर्दशन अधिकारी र खेमप्रसाद तिवारी चयन हुनु भएको छ । लेखा समितिमा संयोजकमा टोप नारायण श्रेष्ठ , सदस्यहरुमा वावुकाजी श्रेष्ठ र तेज कुमारी घिमिरे चयन हुनु भएको छ । त्यसै गरीे संस्थाको कार्य संचालनका लागि विभिन्न उप समितिहरु समेत चयन गरिएको छ । संस्थाको ५ वर्षे रणनीतिक योजना , आर्थिक तथा कर्मचारी प्रशासन नियमावली , विधान लगायत अन्य आवश्यकीय दस्तावेजहरु समेत संशोधन तथा अनुमोदन गरेको छ । संस्थाको आ.व.२०७१।७२ को कार्यक्रम समेत साधारण सभाले पारित गरको छ ।
संस्थाले हाल धादिङ जिल्लाको मैदी, खरी, ढोला , त्रिपुरेश्वर र मुरलीभञ्ज्याङ गरि ५ गा.वि.स.मा शिक्षा, स्वास्थ्य , आयआर्जन, सचेतना , वकालत तथा पैरवी लगायत सामाजिक सशक्तिकरणका विविध क्रियाकलापहरु युनाईटेड मिशन टु नेपाल धादिङ लगायत अन्य निकायहरुको साझेदारीमा कार्यक्रम गर्दै आईरहेको छ ।
साधारण सभामा अध्यक्ष दुर्गानारायण श्रेष्ठले सांगठनिक , सचिव सुजन श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गोविन्दमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सहसचिव राम वहादुर भारतीले संचालन गर्नु भएको कार्यक्रममा राजनैतिक दलका प्रमुखहरुले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । कार्यक्रममा संस्थालाई सुदृढ तथा व्यवस्थित वनाउनका लागि गर्नुपर्ने कार्यहरु सहित शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अर्यालले संस्थाले जिल्ला स्तरमा पहिचानको लागि गर्दै आईरहेको गतिविधिहरुको प्रशसा गर्नुभएको थियो ।