चेपाङ समुदायको मुख्य धार्मिक पुजा छोनाम अर्थात न्वागी पर्व मनाईदै

1069 पटक पढिएको

सम्पादक: Dhading News

chepang-nuwagi-300x225धादिङ-आफ्नो खेतबारीमा उब्जेको अन्नबालीले चितवनको विकट क्षेत्रमा बस्ने चेपाङलाई मुस्किलले छ महिना खान पुग्छ । अन्य समय ज्यालामजदुरीबाट आएको आम्दानीले खानुपर्छ । तर उनीहरु आइतवार परेको न्वागी पर्वको अवसरमा भने उब्जिएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्छन् । चेपाङको आज महत्वपूर्ण चाड न्वागी अर्थात् उनीहरुको भाषामा पान्देई घ्यासा चाड हो । अहिले घरमा मकै भित्रिएको खुसियालीमा उनीहरु न्वागी मनाउँछन् ।

आइतवारको दिन भेला भएर ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । अहिले उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरि खान पुगोस् भनेर कामना गर्ने र आपसमा खुसियाली साटासाट गरेर यो पर्व मनाइने पूर्व सांसद गोविन्दराम चेपाङले बताउनुभयो ।उहाँले दाजुभाइ इष्टमित्रहरु भेला भएर आफ्नै बाजाको तालमा झुम्मिएर रमाइलो गरी यो चाड मनाइने जानकारी दिनुभयो । उनीहरु भोलि सोमबारको दिनलाई वारनाको रुपमा मनाउने गर्दछन् ।

“वारनामा कोही चेपाङ काममा निस्कँदैनन्”–गोविन्द चेपाङले भन्नुभयो । घरमै बसेर रमाइलो गरिन्छ । चेपाङहरु मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरु जङ्गलका गिट्ठा भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरुका लागि महत्वपूर्ण हुन्छ । तर पछिल्लो समया धर्म परिवर्तको लहर उनीहरुमा चलेको छ । चेपाङको महत्वपूर्ण चाड भएकाले आजको दिनलाई सार्वजनिक बिदा दिनसमेत चेपाङ समुदायले माग गरेका छन् ।

सो विषयमा उनीहरुले विगतमा आन्दोलनसमेत गरेका थिए । नेपालको चितवन, धादिङ, मकवानपुर, गोर्खालगायत सीमित जिल्लामा चेपाङको बसोबास छ । मकवानपुर मनहरीमा आज न्वागी पर्व विशेष कार्यक्रमसमेत आयोजना गरिएको छ थाई नेपाल न्युज डट कमले खबर लेखेको छ ।