बैरेनी युवा समुहको अध्यक्षमा राजन श्रेष्ठ

693 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


10686623_10202652066733362_4339849127707827505_n
बैरेनी– विभिन्न सामाजिक कार्यमा सक्रिय रहंदै आएको स्थानीय सामाजिक सस्था बैरेनी युवा समुहको तेश्रो अधिबेशन शनिवार वैरेनी गाविसको कार्यालयमा सम्पन्न भएको छ । बैरेनी गाविसका सचिव (अधिकृत) लक्ष्मण भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिबेशनले आगामी बर्षका लागि राजन श्रेष्ठको अध्यक्षतामा  कार्य समितिको चयन गरेको छ ।
rajan shresthaअधिबेशनवाट कार्य समितिको उपाध्यक्षमा संजय श्रेष्ठ,सचिवमा रमेश रिमाल,सह सचिवमा श्रीकृष्ण रिमाल र कोषाध्यक्षमा दिपेन्द्र वाग्ले चयन भएका छन । त्यसैगरी सदस्यहरुमा दिपेश कार्की,विकास श्रेष्ठ,नारायण अधिकारी,राजकुमार श्रेष्ठ,सरोज श्रेष्ठ,जिवन श्रेष्ठ,मधुसुदन नेपाल,इश्वरकुमार ढुङ्गाना,श्रीराम खतिवडा,पुष्पराज रिमाल र वैकल्पिक कार्य समिति सदस्यमा रविन काराखेती  चयन भएका छन । ।
बैरेनी गाविसको वडा नम्बर ९ बैरेनी वजारमा कार्यालय रहेको युवा समुहले एम्वुलेन्स संचालन, वजार सरसफाई, सामाजिक सेवा तथा अन्य जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ साधारण सभा तथा अधिवेशन कार्यक्रमलाई स्थानीय राजनैतिक दल, समाजसेवी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले सम्वोधन गर्नु भएको थियो ।