आँखा पाक्ने रोगबाट सयौं प्रभावित

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

194x105_Conjunctivitis_pink_eyeधादिङ, – सदरमुकाम धादिङबेसी र यसको आसपासका गाउँहरुमा केही दिन देखि आँखा पाक्ने रोग एउटा प्रकोपको रुपमा देखा परेको छ ।
धादिङबेसीमा मात्र दुई सयभन्दा बढि मानिसहरु आँखा पाक्ने रोगबाट पीडित भएका छन् । यसैगरी जिल्लाको नीलकण्ठ नगरपालिकामा पर्ने साविकको साङकोष, नीलकण्ठ र सुनौलाबजार लगायतका गाविसहरुमा समेत आँखा पाक्ने रोगको समस्या पाइएको छ ।