न्यू स्टार, मिलन ज्योती र सृजनशिल विजयी

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ भदौ २४ – त्रिशुली किनार गलौंदीमा जारी पाचौं रेडबुल लिग जिल्ला स्तरीय फुटबल प्रतियोगिताको लिग चरणको तेस्रो दिन न्यू स्टार युवा क्लव, मिलन ज्योती युवा क्लव र सृजनशिल युवा क्लव विजयी भएका छन् ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा भएको खेलमा न्यू स्टार युवा क्लव महादेवबेसीले कारु स्मृती प्रतिष्ठान बेनिघाटलाई २–१ ले पराजित गरेको छ । न्यू स्टारका लागी भवि लामा र विश्व विडारीले एक एक गोल गरे । कारु स्मृतीका अञ्जन सिलवालले एक गोल फर्काएका थिए ।
त्यस्तै अर्को खेलमा मिलन ज्याती युवा क्लव मिलनटारले रानीमाला युवा क्लव चकमकेलाई ३–० ले पराजित गर्यो । विजेताका लागी विक्रम सुवेदी, जंगे लामा र केशव पुलामीले गोल गरे । सृजनशिल युवा क्लव गलौंदीले आहुती युवा क्लव जुगेखोलालाई २–१ ले पराजी गर्दा विजेता टीमका दीपक भण्डारीले दुई गोल गरे । आहुतीका ईश्वर श्रेष्ठले एक गोल फर्काए ।
प्रतियोगिताको अन्तिम खेल विशाल ज्योती युवा क्लव विशालटार र धुनिबेसी युवा समुह धार्केले बराबरी खेले । धुनिबेसीका दीपेन्द्र रेग्मीले दुई गोल गरे भने विशाल ज्योतीका गोविन्द गुरुङ र सुमन श्रेष्ठले एक एक गोल गरेका छन् । प्रतियोगितामा जिल्ला भरका २४ टीम सहभागी छन् ।