जिल्ला होटल संघको अधिबेशन सम्पन्न , अध्यक्षमा राजकुमार प्याकुरेल

671 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10644850_715259228553407_2945677214342673786_nधादिङ–धादिङ जिल्लामा संचालित होटल व्यवसायीहरुको साझा संस्था जिल्ला होटल संघको पांचौ साधारण सभा तथा तेश्रो अधिबेशन शुक्रवार सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ वगैचामा सम्पन्न भएको अधिबेशनले राजकुमार प्याकुरेलको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको चयन गरेको छ ।
अधिबेशनले जिल्ला होटल संघको उपाध्यक्षमा राजकुमार श्रेष्ठ र श्यामप्रसाद लोहनी,महासचिवमा रमेश त्रिपाठी,सचिवमा रामशरण श्रेष्ठ,कोषाध्यक्षमा रामजी ढकाल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा मनमाया गोतामे,कृष्णप्रसाद अधिकारी,कमला थापा,राजन दनै,अर्जुन श्रेष्ठ,हरिशरण पाण्डे,सुजन अधिकारी रहनु भएको छ ।
नव गठित कार्य समितिको पहिलो वैठकले ठाकुरप्रसाद वुर्लाकोटी र प्रदिप गजुरेललाई सदस्यमा मनोनित गरेको वताईएको छ । अधिबेशनको अवसर पारेर संघका पुर्व अध्यक्षहरु श्यामकुमार श्रेष्ठ,अशोक अधिकारी,निवर्तमान महासचिव विश्वराम दुवाडी लगायतलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । संघका पुर्व अध्यक्ष श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको अधिबेशनको अध्यक्षता अशोक अधिकारीले गर्नु भएको थियो ।