जनता पुस्तकालयको अध्यक्षमा देवीप्रसाद

675 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_4541धादिङ,- सदरमुकाम धादिङबेसीमा संचालनमा रहेको जनता पुस्तकालयको अध्यक्षमा देवीप्रसाद अधिकारी चयन हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न पुस्तकालयको सातौं साधारण सभा तथा अधिबेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्सिय कार्य समितिको चयन गरेको हो ।
अधिबेशनवाट पुर्नगठित कार्य समितिको उपाध्यक्षमा मिलन श्रेष्ठ,सचिवमा गणेश ढुङ्गाना,कोषाध्यक्षमा अमृत अधिकारी र सदस्यहरुमा वाबुराम अधिकारी,इश्वरीप्रसाद अधिकारी,दिपेन्द्र रिजाल,प्रकाश पौडेल,मुरारी अधिकारी,श्रृजना अर्याल र सरिता श्रेष्ठ चयन हुनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नरनाथ लुईटेलले शनिवार विहान अधिबेशनको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा पुस्तकालयका आजिवन सदस्यहरुका साथै विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष एवम साहित्यकार बद्रीप्रसाद दहाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी लुईटेलले जनता पुस्तकालयको लागि कृतिहरु उपलव्ध गराएर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।