माटोवाट सर्ने जुकाको प्रकोप सर्भेक्षण गरिंदै

709 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- माटोवाट सर्ने जुकाको प्रकोप कम गर्न धादिङ जिल्लाका विभिन्न २१ वटा बिद्यालयमा वालवालिकाको स्वास्थ्य परीक्षण गरी माटोवाट सर्ने जुकाको प्रकोप सर्भेक्षण शुरु गरेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वाल स्वास्थ्य महाशाखाका लागि आर.टि.आई र स्कुल अफ पि.एम.ई.आरको संयुक्त टोलीले गाउँ गाउँमा पुगेर माटोवाट सर्ने जुकाको प्रकोप सर्भेक्षण शुरु गरेको हो । सर्भेक्षणमा खटिएको चिकित्सक सहितको प्राविधिक टोलीले धादिङ जिल्लाका विभिन्न २१ वटा बिद्यालयमा पुगि कक्षा ३ मा अध्ययनरत आठ देखि दश बर्ष उमेर समुहका वालवालिकाको स्वास्थ्य परिक्षण गरिरहेको टोलीका सदस्य सुदिप खतिवडाले जानकारी दिनु भयो ।
देशका २५ जिल्लामा एकसाथ संचालन भईरहेको सर्भेक्षण कार्यक्रमवाट माटोवाट सर्ने जुकाको प्रकोप कम गर्न स्वास्थ्य मन्त्रालयलाई सहयोग पुग्ने वताईएको छ । टोलीले दुई दिन सम्म एउा बिद्यालयमा वसेर वालवालिकाको स्वास्थ्य परिक्षण गर्ने गरेको खतिवडाले वताउनु भयो ।