फरार विरवहादुर पक्राउ

593 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


faraar bir bahaadur copyधादिङ,- जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न अपराधमा संलग्न भएको आरोपमा अदालत वाट दोषि ठहर भई दण्ड सजायँ तोकिएर पनि फरार रहंदै आएका व्यक्तिहरुको खोजी अभियानलाई तिव्र पारेको छ । यसैक्रममा भदौ ३० गते बेलुकी १७ वजे धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ वाट विरवहादुर गुरुङ पक्राउ परेका छन । 
वन पैदवार हानीनोक्सानी गरेको मुद्दामा धादिङ जिल्ला अदालतबाट २०७० साल माघ ५ गते .२ लाख ३५ हजार ९ सय ९० रुपैया जरिवाना तोकिएका ५० बर्षिय गुरुङ हाल सम्म फरार रहंदै आएकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले मंगलवार गुुरुङलाई पक्राउ गरेको हो । 
पक्राउ परेका गुरुङलाई भदौ ३१ गते गते धादिङ जिल्ला अदालतमा पेश गर्दा अदालतले तोकेको जरिवाना वापतको रकम जम्मा गर्न नसकेपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।