चीनको दक्षिणपश्चिमी भागमा सामुद्रिक आँधी पछिको बाढीमा ३९५ विद्यार्थी फसे

988 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

samudrik aadhiचीन- चीनको दक्षिणपश्चिमी भागमा पर्ने युनान प्रान्तमा सामुद्रिक आँधीको कारण आएको बाढीमा परी एक विद्यालयका विद्यार्थी र शिक्षकसमेत गरी ३९५ जना फसेका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

युनान प्रान्तको बबु नगरमा अवस्थित माध्यमिक विद्यालयको पहिलो तलामा भारी वर्षा पछिको कालमेगी नामक सामुद्रिक आँधीपछि आएको बाढीमा ती विद्यार्थी फसेका हुन् ।

विद्यार्थी र केही शिक्षकहरूसमेत फसेका यस घटनाको उद्धार कार्यमा करिब १०० सैनिक संलग्न रहेका जनाइएको छ ।

बबु नदी नजिकै पानीको उचाइ ४८७.८ मिटरसम्म बढेको जनाइएको छ । जुन पानीको उचाइ सर्वसाधारणलाई सतर्कता गराइने उचाई भन्दा १.३४ मिटर बढी भएको बताइएको छ ।

दक्षिण चीनमा यस कालमेगी सामुन्द्रिक आँधीको कारण कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य एक बेपत्ता भएका छन् ।

यस आँधीको कारण बृहत् आर्थिक नोक्सान भएको समेत सरकारी अधिकारीहरूले जनाएका छन् ।