सडक विग्रिएर जताततै खाल्डाखुल्डी ‘घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे’

922 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
baireni sadak 1धादिङ– काठमाण्डौंको नागढुङगा देखि धादिङको मौवाखोला सम्मको सडक विग्रिएर जताततै खाल्डाखुल्डी परेपछि सवारी साधनलाई दैनिक आवत जावतमा समस्या हुन थालेको छ । पानी पर्ना साथ सडकमा हिलो माटो जम्ने र घाम लाग्दा धुलाम्मे हुने समस्या बढ्दै गएको छ । वाढी पहिरो र अन्य कारणले सडकमा जताजतै खाल्डाखुल्डी बढ्दै जांदा दैनिक हजारौ सवारी आवागमन भईरहने सडकमा दुर्घटनाको जोखिम समेत बढ्न थालेको छ ।
सडक बर्षेनी भत्किएर सवारी आवागमनमा समस्या आउने गरेपनि दिगो मर्मत सम्भार हुन नसक्दा राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङगा नौविसे खण्डमात्रै होइन पृथ्वीराजमार्गको नौविसे देखि मौवाखोला सम्मको सडक खण्ड जिर्ण वन्न पुगेको छ । भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको अभिलेख अनुसार देशका ८० प्रतिशत सडक तत्कालका लागि कामचलाउ रहेको र बाँकी २० प्रतिशत पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेको छ । यातायात व्यवसायीहरु राष्ट्रिय राजमार्गमाको सडकनै गुणस्तर नभएको बताउंछन । क्षमता भन्दा बढी भार लिएर गुड्ने सवारीका कारण सडकको कालो पत्रे छिटो उप्कने र सडक भत्कने गरेको साना सवारीका चालकहरुको भनाई छ । यातायात मजदुरहरुका अनुसार राजधानीबाट बाहिरिने प्रमुख सडकमध्ये नागढुंगादेखि नारायणगढसम्मको खण्ड सबैभन्दा बढी जोखिमपूर्ण मान्निछ । अत्याधिक सवारी चाप रहने यस सडक खण्डमा बर्षेनी विग्रिएको सडक मर्मतका लागि करोडौं रुपैया खर्च गरिएपनि सडकको स्तरउन्नती हुन नसेकेको भैरहवावाट काठमाण्डौं चल्ने यात्रु वसका एक चालकले वताए । ति चालकका अनुसार यस खण्डमा कालोपत्रे उप्किएर वनेको खाल्डामा साना मोटर फस्ने गरेका छन । सडकमा जताततै ठूला खाल्डा बनेको बर्षाका वेला पानी जमिदिंदा दुर्घटना हुने गरेको चालकहरु बताएंछन ।
राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथको नौविसे नागढुङ्गा र अर्को मुख्य सडक पृथ्वी राजमार्गको विभिन्न स्थानमा कालोपत्रे उप्किएर सडक भरी खाल्डा बनेका छन । सडकमा २ फिट सम्मको गहिरा खाल्डा बनिंदिंदा दिनहुँ मोटरसाईकलहरु त्यस्ता ठाउंमा फसेर दुर्घटना हुने गरेको चितवनवाट मोटरसाइकलमा काठमाण्र्डौ जांदै गरेका रामकुमार पौडेलले वताए ।
सामान्य अवस्थामा मोटरसाईकलमा तीन घण्टामा सजिलैसंग आवत जावत गर्न सकिने चितवन काठमाण्डौंको यात्रा अहिले सांढे चार देखि पांच घण्टा सम्म लाग्ने गरेको पौडेलको भनाई छ । मुग्लिङ–नारायणगढ खण्डको सडक सबैभन्दा बढी जीर्ण देखिएको पाडेलले वताए । सामान्य अवस्थामा पनि बढी जोखिमपूर्ण मानिने यो सडकका अधिकांश खण्डमा असंख्य जोखिमपूर्ण खाल्डाहरु रहेको यात्रहरु बताउंछन । मुग्लिनदेखि काठमाण्डौ तर्फमात्रै होइन मुग्लिन रामनगर खण्डको सडक पनि अति जीर्ण अवस्थामा पुगेको यातायात मजदुरु हरु वताउंछन । पृथ्वी राजमार्गको नौबीसे—मुग्लिङ खण्ड सडक पनि निकै जीर्ण छ । धादिङ जिल्लामा पर्ने महादेवबेसी, गल्छि, बैरेनी,चिरौंदी खोला, बेल्खु, मलेखुगायतका ठाउँमा सडक बिग्रिएर कामै नलाग्ने हुन पुगेको छ । वालुवाको धेरैढुवानी भईरहने घाटवेसी देखि बैरेनीसम्मको सड पनि जीर्ण छ । राजमार्गको सडक कच्ची ग्रामीण सडकजस्तै हुन पुग्दा पनि मर्मतको लागि जिम्मेवार रहेको सडक विभागले वेवास्ता गर्ने गरेको सर्वसाधारणको गुनासो छ । सडक विग्रनुमा सडक भन्दा माथि कुनै वैज्ञानिक परिक्षण नगरी संचालन गरिएका वालुवा तथा ढुङ्गाखानी र जथाभावी ढंगवाट खनिएको सडक संजाल पनि मुख्य कारकको रुपमा रहेको वताईएको छ ।
धादिङको मलेखु, घाटवेसी, बेल्खु, महादेवबेसी, बैरेनी, खानीखोला लगायतका ठाउँमा सञ्चालन गरिएका अबै क्रसर तथा राजार्ग क्षेत्रमा संचालित वालुवा धुने फिर फिरे उद्योगबाट ढुंगागिटी,वालुवा बोकेर राजधानी भित्रिने ट्रिपर र मालवाहक साधनका कारण बेल्खु देखि नागढुंगासम्मकै सडक सवै भन्दा जिर्ण बन्न पुगेको छ । राजमार्गमा खटिएका ट्राफिक प्रहरीका अनुसार राजमार्गको भारबहन क्षमताभन्दा बढी भारका ट्रिपर÷मालवाहक सवारी नियन्त्रण हुन नसकेकै कारण सडक बिग्रिन पुगेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङगा चेक प्वाईन्टको अभिलेख अनुसार १० देखि २५ टनसम्मका करिब ९ सय ट्रिपर र मालवाहक साधन दिनहुँ राजधानी भित्रिने गर्दछ । पछिल्लो समयमा पानी चुहाउँदै गुड्ने ट्रिपर र बढी भारका साधनहरुको कारण सडकमा क्षती पुग्ने गरेको हो भने त्यहि सडकमा वर्षातमा पानी जमिदिंदा झनै जोखिमपूर्ण वन्न पुगेको हो । सडकको भारवहन क्षमता १० देखि १५ टनसम्म मात्रै भएपनि राजधानी प्रवेश गर्ने स्वदेशी तथा भारतीय मालवाहक सवारी साधनले भारवहन क्षमता भन्दा बढी भार वोकेर गुड्ने गरेका कारण विग्रिएको सडकलाई थप क्षती गराउन मद्धत पुगेको प्रहरीको भनाई छ ।