सरुवा भएर हिंड्ने वेला जिशिअ सुवेदीलाई सम्मानको ओईरो

959 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सरकारी सेवामा रहेका कर्मचारी सरुवा बढुवा हुनु नियमित प्रकृया हो । कतिपय कर्मचारीले सरुवा हुंदा आंफुलाई काम गर्ने वाताबरणनै नदिएको,अपायक स्थानमा पुर्याईदिएको,जिम्मेवारी विहिन वनाएको भन्दै आक्रोश पोख्दै सुटुक्क जिल्ला छाडेर हिंड्ने गर्दछन । धादिङ जिल्लाको शैक्षिक उन्नयनका निम्ति उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीलाई भने सरुवा भएर हिड्ने वेलामा एक साता देखि सम्मान थाप्न भ्याई नभ्याई भएको छ ।
Deo dipendra subedi19यसैक्रममा शुक्रवार विहान नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङले संयुक्त कार्यक्रमको आयोजना गरी सुवेदीलाई विदाई तथा सम्मान गरेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल लगायतले दोसल्ला ओढाउनुका साथै टीका लगाई प्रसंसा पत्र प्रदान गर्नु भएको थियो । यस अघि प्रयत्नशिल सामुदायिक विकास समाज(प्रयास नेपाल), नेपाल पाठ्यपुस्तक तथा स्टेशनरी महासंघ, धादिङ उद्योग वाणिज्य संघ,नेपाल स्काउट,विभिन्न सामुदायिक तथा संस्थागत बिद्यालय, प्रत्युष दैनिक, कर्मचारी मिलन केन्द्र लगायतका निकायवाट सुवेदीलाई सम्मान तथा विदाई गरिएको थियो । यसैगरी नेपाल शिक्षक संघ ,नीलकण्ठ सामुदायिक अध्ययन केन्द्र, वौद्धिक मन्दता अभिभावक समाज,नेशनल प्याव्सन, अखिल नेपाल शिक्षक संघ,सिद्धेश्वर उच्च मावि लगायतले सुवेदीलाई प्रसंसा पत्रका साथ सम्मान दिएर धादिङ जिल्लामा शैक्षिक विकासमा उल्लेखनिय भुमिका निर्वाह गरेको वताएका छन । सुवेदीले जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी वहन गरेपछि धादिङ जिल्लाको शैक्षिक उन्नतीमा निकै सुधार आउनुका साथै यस वर्षको प्रवेशिका परीक्षामा सामुदायिक बिद्यालयहरुवाट देशभरीकै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको थियो ।
दैलेख जिल्लावाट २०६८ मंसिर २१ गते धादिङ आउनु भएका सुवेदीले ३४ महिना धादिङको जिल्ला शिक्षा अधिकारी भएर काम गर्नुभएको थियो । धादिङ जिल्लामा अहिले सम्म सबैभन्दा लामो समय जिल्ला शिक्षा अधिकारी भएर काम गर्नुका साथै जिल्लाको पचासवटै गाविसमा पुग्ने पहिलो जिल्ला शिक्षा अधिकारी रुपमा समेत सुवेदी रहनु भएको छ । सुवेदीले काम संगै चर्चा पनि निकै पाउनुमा केही व्यक्ति प्रचार प्रसारका लागि निकै लागि परेका कारण सुवेदीका कमजोर पक्षहरुओझेलमा परेको सदरमुकामका एक शिक्षकले वताए ।
धादिङ जिल्लाका सामुदायिक विद्यालयहरुको नतिजा सुधार तथा विद्यालयमा कम्प्युटर प्रणाली जडानका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै साक्षर जिल्ला घोषणाका लागि पुर्वाधार तयार पारेको भन्दै विभिन्न सरकारी,गैरसरकारी तथा निजी क्षेत्रवाट सुवेदीलाई सम्मान गरिएको हो । सुवेदी धादिङवाट शैक्षिक जनशक्ती विकास केन्द्र सानो ठिमीमा सरुवा हुनुभएको हो । जिल्लाको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका सुवेदी सवैभन्दा धेरै सम्मान पाएर विदाई हुने सरकारी कर्मचारीका रुपमा समेत चिनिनु भएको छ । धादिङ जिल्लावाट पाएको सम्मानलाई आंफुले जिवनभर सुरक्षित तवरवाट जोगाएर राख्ने सुवेदीले वताउनु भएको छ ।

Deo dipendra subedi01 Deo dipendra subedi02 Deo dipendra subedi03 Deo dipendra subedi04 Deo dipendra subedi05 Deo dipendra subedi06 Deo dipendra subedi07 Deo dipendra subedi08 Deo dipendra subedi10 Deo dipendra subedi11 Deo dipendra subedi12 Deo dipendra subedi13 Deo dipendra subedi17 Deo dipendra subedi19