मध्यरातमा आग्रा खोलामा ट्रयाक्टर

641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 7cba019f3a2cc0609793366f8397a615 धादिङ, असोज ६ – धादिङको महादेवबेसी नजिकै आग्रा खोलामा रातको समयमा एक्कासी २२ वटा ट्रयाक्टर पसेर खोलाको गिट्टी उठाउन थालेपछि निकैबेर तनाव भएकाे छ । आइतबार रातको समय पारेर अबैध रुपमा खोलाबाट धमाधम ग्राभेल ढुङगा उठाउंदै गरेको अवस्थामा २ दर्जन ट्रयाक्टर स्थानीयबासन्दाले नियन्त्रणमा लिंएका छन् ।

स्थानीयबासिन्दा र मजदुरहरुले अवैध रुपमा ढुंगा गिट्टी संकलन गर्दै गरेका ट्रयाक्टर नियन्त्रणमा लिई ती सबैको टायरको हावा समेत फुस्काई दिएका हुन् । खोला तथा नदीबाट संकलन गरिने रोडा ढुङगा तथा ग्राभेलको उत्खननमा जिल्ला विकास समितिले कडाई गरिरहेको बेला आइतबार राती एक्कासी दुई दर्जन ट्रयाक्टर खोलामा पसेर अबैध ढंगबाट संकलन गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

सरकारले सम्वन्धित क्रसरमा बाँकी स्टक रोडा ढुङगा बिक्री गर्नका लागि  लचिलो बन्दै मंसिर मसान्त भित्रमा मापदण्ड विपरितका क्रसर स्थानान्तरणका लागि निर्देशन दिएपछि धादिङका क्रसर व्यवसायीले रातभरी खोला तथा नदीबाट अबैध उत्खनन गर्दै दिनभरी बिक्री गर्ने स्थानीयबासिन्दाको आरोप छ ।

मध्यरातमा खोलामा पसेर अबैध ढंगवाट ग्राभेल संकलन गर्ने ट्रयाक्टरको बारेमा छानबिन गरी संलग्नभएकाहरुलाई आवश्यक कार्वाही हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आग्रा खोलामा देशका ३५ जिल्लाबाट काम गर्नका लागि आएका ३ हजार मजदुर परिवार आश्रित छन् । जिल्लाका अन्य ठाँउमा मेशिन  प्रयोग गरेर उत्खनन हुने गरेपनि आग्रा खोलामा भने मेशिन प्रयोग गरेर उत्खनन गर्न रोक लगाईएपछि मजदुरले खोलाबाटै जीवन निर्वाह गरिरहेका छन् उज्यालो अनलाईनले खबर छापेको छ ।

मध्यरातमा  आग्रा खोलामा ट्रयाक्टर

मध्यरातमा  आग्रा खोलामा ट्रयाक्टर

उज्यालो