वाम नेत्री प्रधानको निधन, पार्टी कार्यालयमा श्रद्धाञ्जलि

511 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sahana pकाठमाडौँ, ७ असोज । लामो समयदेखि उपचाररत वाम नेत्री साहना प्रधानको गएराति निधन भएको छ ।

फोक्सोमा सङ्क्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि उहाँलाई गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालकोे सघन उपचारकक्षमा राखिएको थियो ।

श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीरलाई अहिले बिहान ८ देखि ११ बजेसम्म नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा राखिनेछ । उहाँको आजै अन्त्येष्टि गरिनेछ । ८८ वर्षीया प्रधान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका जीवनसँगिनी पनि हुनुहुन्छ ।