चिउरा–भुजा उद्योगमा डेढ करोड लगानी

1245 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

480X320_2b64eeeaf884fde742c5b0fac2a4d657धादिङ,  – स्थानीय ५ युवा व्यवसायीको संयुक्त लगानीमा जिल्लामै पहिलोपटक महाशक्ति खाद्य उद्योग प्राइभेट लिमिटेड सञ्चालनमा ल्याएका छन् । फरकफरक व्यवसाय गर्दै आएका युवा व्यवसायीले डेढ करोड रुपैयाँ लगानीमा सञ्चालन गरेको उद्योगले महाशक्ति चिउरा र भुजा उत्पादन गर्दै आएको छ ।
उद्योगले दैनिक २० किलोका १ सय २० बोरा चिउरा र २० प्याकेट दरका २ सय ५० बोरा भुजा उत्पादन गर्दै आएको उद्योग सञ्चालक हरिप्रसाद सापकोटाले बताए । नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति क्षेत्रमा सञ्चालित उद्योगले धादिङ, गोरखा, नुवाकोट र काठमाडौंलाई लक्षित गरी उद्योगले चिउरा–भुजा मेसिन चलाउन ९ जना भारतीय मजदुर र प्याकेजिङ स्थानीय १५ जना महिलालाई रोजगारी दिएको छ । भदौ २ गतेबाट सुरु भएको उद्योगले धादिङका सबै होलसेल पसलमा चिउरा–भुजा पु¥याइसकेको सापकोटाले बताए । उद्योगमै आउने उपभोक्तालाई खुद्रामा समेत बेच्ने उनले जानकारी दिए । स्थानीय पुस्तक तथा स्टेसनरी व्यावसायी दयाराम लम्सालले भने उपभोक्तालाई उद्योगबाटै खुद्रामा समेत बेचेकाले उद्योगले उपभोक्ताको मन चिन्न सक्ने दाबी गरे ।
उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष गकुलप्रसाद रेग्मी, महासचिव लोकनाथ डल्लाकोटी, कोषाध्यक्ष विश्वराम दुवाडी, व्यवसायी हरिप्रसाद सापकोटा र सुमनकुमार श्रेष्ठको संयुक्त लगानी छ कारोवार डेलि डट कमले खबर लेखेको छ ।  ।