समिक्षा तथा शुभकामना आदनप्रदान कार्यक्रम

385 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,असोज १३ – युरोपियन युनियनको सहयोगमा मानविय विकास तथा श्रोत व्यवस्थापन नेपाल (ज्च्म्ःब्ल्० धादिङले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सँगको साझेदारीमा धादिङमा सञ्चालन गर्दै आएको कार्यक्रम प्रभावकारी रहेको सरोकारवालाहरुले बताएका छन् ।
सोमवार धादिङवेसीमा भएको समिक्षा तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागि विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले कार्यक्रमको प्रभावकारीताका विषयमा भनाई राख्नुभएको हो । मानविय विकास तथा श्रोत व्यवस्थापन नेपालका अध्यक्ष हरिराम लोहनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले शुसासन भ्रष्टाचार न्यूनिकरणका विषयमा संस्थाले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा शर्माले भ्रष्टाचार न्यूनिकरणको सवालमा अझै चेतनामुलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिंदै नागरिकमा पनि चेतना अभिबृद्धि गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । उहाले भ्रष्टाचार न्यूनिकरणको लागि सबैको सहकार्यको आवश्यकता रहेको बताउँदै जिल्लागत रुपमा हुने हरेक प्रकारका भ्रष्टाचार न्यूनिकरणका लागि स्थानीय प्रशासन सक्रिय रहेको पनि अवगत गराउनुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले शुसासन र भ्रष्टाचार न्यूनिकरणको अभियान ग्रामीण क्षेत्रतर्फ पनि पुर्याउन सुझाव दिनुहुँदै उत्तरका क्षेत्र र राजमार्ग क्षेत्रमा पनि कार्यक्रम पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । नागरिकको चेतनास्तर बढाउनु आवश्यक रहेको भन्दै उहाले भ्रष्टाचार न्यूनिकरणको अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका बरिष्ठ पशुविकास अधिकृत देवेन्द्र भगतले कार्यालयबाट कार्य सम्पादन हुन लाग्ने समयको ख्याल राख्न अनुरोध गर्दै काम गर्न लाग्ने समयसम्म नतिजाको लागि धैर्य राख्न सेवाग्राहीहरुलाई आग्रह गर्नुभयो । उहाले आवश्यक जनशक्तिको अभावको कारण पनि कतिपय काममा ढिलासुस्ती हुनेगरेको बताउँदै नागरिकको कार्य सम्पादनका लागि कार्यालयले ढिला गर्नु कुनै नियत नहुने बताउनुभयो । उहाले कार्यक्रम राम्रो र प्रभावकारी रहेको भन्दै अझै विस्तार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मालपोत कार्यालयका प्रमुख रेवती प्रसाद ढकालले सरकारी नीति नियमका कारण पनि कतिपय अवस्थामा शुसासनमा असर परेको भन्दै सबै कार्यालयमा समान अवसर नभएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा सहयात्री समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले संस्थाले सञ्चालन गर्ने कुनै एक दिनको मोवाईल एलाक कार्यक्रमकै भरमा समग्र दिनको नतिजा नआउने भन्दै समय समयमा त्यस्ता गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाले शुसासन र भ्रष्टाचार न्यूनिकरणको अभियानमा सहकार्य गरि अगाडि बढ्ने समेत बताउनुभयो । कार्यक्रममा संस्थाका सचिव राजाराम शर्माले संस्थाका कार्यक्रमका समग्र गतिविधिका बारेमा बताउनुभएको थियो भने कार्यक्रमका अधिकृत सानुबाबु तिमिल्सिनाले एलाक डिपि कार्यक्रमका विषयमा समग्र जानकारी गराउनुभएको थियो । कार्यक्रमका अवसरमा विजयादशमि तथा शुभदिपावलीको शुभकामना पनि आदनप्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका उत्तम ठकुरी, शशस्त्र प्रहरी धादिङका प्रहरी नायव उपरिक्षक मोहनबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।