विजयाशमीको अवसर पारेर बैरेनीमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी –विजयाशमीको अवसर पारेर वैरेनी युवा समुहले मंगलवार बैरेनीमा शुभकामना आदान प्रदान,सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
974676_10202778031602405_1582165860_nयुवा समुहका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्री नम्बर ६ वाहिनी अड्डा बैरेनीका वाहिनीपति प्रेमप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा बैरेनी गाविसका सचिव अधिकृत लक्ष्मण भट्टराईको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि,सामाजिक कार्यकर्ता,युवा समुहका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा युवा समुहका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।