सत्र वर्षमुनि उमेर समूहको बालिका कप फुटबल प्रतियोगिता हुने

534 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २३ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा सत्र वर्षमुनि उमेर समूहको बालिका कप फुटबल प्रतियोगिता हुने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा यही असोज २५ गतेदेखि रौतहट जिल्लाको चन्द्रानिगापुर फुटबल खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा १२ जिल्लाले प्रतिस्पर्धा गर्ने एन्फाका महासचिव धीरेन्द्र प्रधानले जानकारी दिनुभयो । प्रतियोगितामा काठमाडौँसहित झापा, मोरङ, ताप्लेजुङ, रौतहट, मकवानपुर, नवलपरासी, बारा, बाँके, कञ्चनपुर र कैलाली जिल्लाका १७ वर्षमुनि उमेर समूहका युवती टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी कात्तिक २ गतेसम्म हुने उक्त प्रतियोगिताको विजेता टोलीले ट्रफी र प्रमाणपत्रसहित रु एक लाख, उपविजेताले रु ५० हजार तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार पाउनेछन् । लिग कम नअकाउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा उत्कृष्ट डिफेन्स, फरवार्ड, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकको उपाधि पाउने खेलाडी र प्रशिक्षकले जनही रु पाँच हजार प्राप्त गर्नेछन् ।