अझै पनि आमाको नामबाट नागरिकता पाउनै मुस्किल

352 पटक पढिएको

प्रकाशित मिति: ३० आश्विन २०७१, बिहीबार २०:५४

सम्पादक: Dhading News

कालिका खड्काnagarikta

काठमाडौँ, ३० असोज । नेहा गुरुङ १९ वर्षकी भइन् । आमाको पालनपोषणमा हुर्केकी उनले नागरिकता नपाउँदा उच्च शिक्षा लिनबाट वञ्चित भएकी छिन् ।

विज्ञान विषयमा दशजोड दुई पास गरेर उच्च शिक्षाका पढ्न विदेश जाने इच्छा भएपनि आमाको नामबाट नागरिकता नपाउँदा नेहा त्यो इच्छाबाट वञ्चित हुनुपरेको छ ।

“जन्मने बित्तिकै बुबाले छोडेर जानुभयो, जन्मनु मेरो गल्ती होइन, जन्माउनु आमाको गल्ती पनि होइन, मलाई आमाको नामबाट नागरिकता चाहिएको छ”–भावुक स्वरमा उनले भनिन्, “सानैदेखि रगत पसिना बगाएर आमाले हुर्काउँदा आमाको नामबाट राज्यले नागरिकता दिन हिचकिचाउनु दुःखको कुरा हो ।”

नेहाजस्तै उनकी बहिनी १५ वर्षीय निकिता गुरुङ पनि कक्षा नौमा पढ्दैछिन् । दुवै दिदीबहिनीले आमाको नामबाट नागरिकता पाउनुपर्ने माग गरेका छन् । नेहा र निकिताकै आमा दिप्ती गुरुङ ठूली छोरीलाई आफ्नो नामबाट नागरिकता दिलाउनका लागि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि लिएर काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायत धेरै ठाउँमा धाइन तर छोरीलाई नागरिकता दिलाउन सकेकी छैनन् ।

दिप्तीले भनिन्े, “मैले १० महिना गर्भमा राखेर जन्माए, हुर्काए, नागरिकता दिने बेलामा जिम्मेवारी नै पूरा नगरेको बाबुलाई खोजेर ल्याउनु भन्नु भनेको ‘आमालाई नेपाली नागरिक नै नमान्नु’ हो ।”

आफ्ना सन्तानलाई आमाको नामबाट नागरिकता दिलाउन भौतारिएकी दिप्ती एक्ली होइनन् । आफ्नो १३ वर्षीय छोरा मिराज थापालाई नाबालकको परिचयपत्र दिलाउन समी थापाले धेरै ठाउँ धाउँदा पनि भएन । एकल महिलाको सन्तानलाई नाबालकको परिचयपत्र त नदिने सरकारले छोरालाई नागरिकता दिनेमा शङ्का छ उनीलाई ।

श्रीमानसँग नौवर्ष अगाडि छोडपत्र गरेर बसेकी थापाले माइतीबाट नागरिकता बनाएकी थिइन । उनको नागरिकता हराएकाले प्रतिलिपि निकाल्नका जाँदा सम्बन्धविच्छेद गरिसकेको श्रीमान ल्याउन भनेपछि उनले नागरिकता पाउन सकिनन् ।

समिधा महिला विकास मञ्चकी अध्यक्षसमेत रहेकी थापाले आफ्नो पीडा सुनाउँदै भनिन, “सम्बन्धविच्छेदको, बच्चाको जन्मदर्ताको, विवाददर्ताको कागजपत्र छ, त्यति गर्दा पनि मैले छोरालाई नाबालकको परिचपत्र दिलाउन र आफूले नागरिकता लिन सकिन् ।”

आमाको नामबाट नागरिकता पाउने सम्बन्धमा सर्वोच्च अदालतले बलात्कारबाट बच्चा जन्माएकी दोलखाकी सविता दमाईको हकमा आमाको नामबाट नागरिकता पाउने फैसला गरे पनि सो फैसलाको कार्यान्वयन हुन नसक्दा आमाको नामबाट धेरै छोराछोरीले नागरिकता पाउन सकेका छैनन् ।

नागरिकता नपाएर विभिन्न अवसरबाट वञ्चित हुनुका साथै देशको नागरिकबाट वञ्चित भएका नेपालीहरु ठूलो सङ्ख्यामा छन् । महिला, विकास र कानुन मञ्चको तथ्याङ्कअनुसार नेपालमा ४३ लाख (२४ प्रतिशत) नागरिकता विहीन वा राज्यविहीन छन् ।

नेपालको अन्तरिम संविधान, २०६३ मा बाबु वा आमाको नामबाट नागरिकता पाउने भन्ने प्रावधान भएपनि संविधान मस्यौदा समितिको प्रस्तावना र परिभाषा उपसमितिमा ‘बाबु वा आमाको नामबाट नागरिकता’ पाउने अथवा ‘बाबु र आमाको नामबाट नागरिकता’ पाउने भन्ने विषयमा विवाद भएको थियो । नयाँ संविधानमा बाबु वा आमाको नामबाट नागरिकता पाउने व्यवस्था भएमा आमाको नामबाट सजिलै नागरिकता पाउने सरोकारवालापक्षको ठम्याइ छ ।

राष्ट्रिय महिला आयोग, महिला कानुन व्यवसायी सरोकार समिति, महिला, कानुन र विकास मञ्च, माइती नेपाल, सञ्चारिका समूहसहित २५ सङ्घसस्थाले संविधानमा ‘बाबु वा आमा’ को नामबाट नागरिकता पाउनुपर्ने माग गरेर आवाज उठाइरहेका छन् ।

“विश्वका धेरै देशको संविधानमा ‘बुबा वा आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ’ भन्ने उल्लेख छ”–राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदतारा भन्नुभयो, “बुबा र आमा दुवैको नामबाट नागरिकता पाउने भन्ने शब्द संविधानको मस्यौदाबाट हटाएर त्यसको सट्टा बुबा वा आमाको नामबाट नागरिकता पाउने भन्ने शब्द राखिनुपर्छ ।”

अधिवक्ता मीरा ढुङ्गानाका अनुसार संविधानमा आमा वा बुबा भन्ने शब्द भएको अवस्थामा आमा वा बुबा जो भए पनि नागरिकता पाउन सकिन्छ तर आमा र बुबा भन्ने शब्द राख्दा दुवै चाहिने भएकाले झन् धेरै नेपाली राज्यविहीन हुन पुग्छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० आश्विन २०७१, बिहीबार २०:५४ मा प्रकाशित

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories