प्रहरी दिवस धादिङमा पनि मनाईयो

757 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ–प्रहरी दिवसको अवसर पारेर धादिङ प्रहरीले वजार सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार विहान जिल्ला प्रहरी कार्यालय परिसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी प्रहरी दिवसको अवसरमा प्रहरीले खेल्नु पर्ने भूमिकाका बिषयमा छलफल गरिएको हो । धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा रहनु भएको थियो । कार्यक्रममा पुर्व सभासद एवम नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारी, नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि नन्दप्रसाद काप्री,नेकपा माओवादीका रामवहादुर श्रेष्ठ, स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्य रहेको थियो । यसै गरी जिल्ला स्थित विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय,सामाजिक संघ सस्था, भुतपुर्व प्रहरी संगठन, अमर प्रहरी परिवारको तर्फवाट पनि कार्यक्रममा आतिथ्य रहेको थियो ।
प्रहरी दिवसको अवसर पारेर विभिन्न समयमा ज्यान गुमाएका अमर प्रहरीहरु प्रति सम्मान व्यक्त गर्दै अमर प्रहरीको स्मृति शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रमका सहभागी वक्ताहरुले प्रहरीले अझै शशक्त भएर जनताको शान्ति सुरक्षाका लागि लागि पर्नुपर्ने र कसैको प्रभाव र दवावमा काम गर्न नहुनेमा जोड दिएका थिए । प्रहरी दिवसको अवसर पारेर प्रहरीले विहीवार सदरमुकाम धादिङबेसीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।