जहाँ इच्छा त्यहाँ उपाय ,काम गर्ने आँट र इच्छा भयो भने समय मिलाउन सकिन्छ,-किरण अधिकारी,

3512 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kiranनुवाकोट जिल्लामा २०३९ सालमा जन्मेका हुन् किरण अधिकारी, पिता जनक अधिकारी र माता रेनुका अधिकारीको जेष्ठ सुपुत्रको रुपमा जन्मेका अधिकारी हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल वाग्मती अंचल समितिको अध्यक्ष एभरेष्ट नेपाल कल्चरल ग्रुप, काठमाण्डौको निर्देशक, अन्तराष्ट्रिय लोक संस्कृतिक मेलाको निर्देशक, नेपाल संस्कृतिक नुवाकोट सचिव तथा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ उनै अधिकारी संग गरेको कुराकानीः
-के गर्दै हुनुहुन्छ आजकाल ?
आजभोली अलि व्यस्त नै छु । अञ्चल समितिको संयाजनमा स्मारीका निकाल्ने तयारीमा लागिरहेको छु । त्यसैगरी, आफ्नो नृत्य कर्महरु पत्रिका प्रकाशन लगायतको काममा व्यस्त छु ।
कहिले सम्म आउछ स्मारिका अनि कस्ता गतिविधि समेटीने छ ?
अबको ६ महिनामा स्मारीका निकाल्ने छांै । त्यसको तीब्र रुपमा तयारी गरिरहेको छांै । स्मारिका हामी अंचलभित्र रहेको श्रष्टाको परिचय सहित प्रतिष्ठानको गतिविधी देखि लोक संगितको विषयलाई समेट्नेछांै ।
अंचल भित्र काँठ क्षेत्र पनि पर्छ ? किन काठे गित मौलाउन नसकेको होला ?
हेर्नुहोस अत्यन्त सही प्रश्न गर्नु भयो । काठ क्षेत्र संकटमा परेको छ । यसको कारण चाही के हो भने निरन्तरता खाँचो हो । यस क्षेत्रमा एक चोटी आउने र हराउने चलन छ । गित संगितको बजार राम्रो हुँदाहुँदै पनि पलायन हुने प्रबृद्धिले गर्दा काठ क्षेत्र संकटमा परेको छ ।
रोक्ने उपाय पनि त होला ?
पक्कै छ । गित संगितलाई बुझेर आउनुपर्छ नयाँ आउनेले पनि पुरानाहरुले पनि भए हुन्छ नभएपनि केही छैन भन्ने मनोवृत्ति त्याग्नु पर्छ । पुरानो कलाकारले नयाँ कलाकारलाई संगै लिएर हिड्न सक्नुपर्छ ।
लोकदोहोरी क्षेत्रमा पश्चिम क्षेत्रको बढी हावी भएर हो की ?
त्यो पक्कै पनि होइन र मलाई त्यस्तो लग्दैन । किनकी मेरो विचारमा गित संगितमा क्षेत्र छुट्टाउनु हुँदैन । जहाँसम्म हावीको कुरा छ यो चाही किन भएको हो भने काठ क्षेमा वेमेलताको कारण्ँले पनि हो । काठ क्षेत्रमा कलाकार कलाकार विच नै एकता छैन । तर, एकता हुन सक्यो भने काठक्षेत्रको भविष्य पनि राम्रोे छ ।
प्रसंग बदलौ, तपाई धेरै क्षेत्रमा हुनुहुन्छ रु के भनेर चिन्ने हामीले ?
तपाईको प्रश्न मैले बुझे । हो साँच्चै म धेरै क्षेत्रमा छु । म एउटा संचार कर्मी पनि हु“ । संचार क्षेत्रबाट पनि कलाकारीता क्षेत्रलाई चिनाउदैछु । कलाकार नै हुँ । किनकी मेरो अर्को पेसाबाट पनि नयाँ तथा पुराना कलाकार जो अ‍ेझेलमा पारिरहेको छन् । त्यस्ता प्रतिभाको पनि खोजी गरिरहेको छु ।
अबको, योजना के छ तपाईको ?
मेरो योजना अब केही समय भित्र नै सामाजिक परिवेषलाई समेटेर गित निकाल्ने हो । यसको लागि शब्द संकलनमा व्यस्त छु ।
तपाई त एभरेष्ट नेपाल कल्चरल ग्रुपको निर्देशक पनि हुनुहुन्छ ? के गर्छ त्यो संस्थाले ?
हजुुरविभिन्न देशको संस्कृति लाई नेपालमा देखाउने र अन्य देशलाई नेपालको लोक संस्कृति झल्काउने कर्यक्रम सहित नेपालको लोकसंस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्न कल्चर गु्रप स्थापना भएको हो ।
धेरैतिर हात हाल्नु भएको छ, कसरी मिलाउनु हुन्छ समय ?
हेर्नुस्, जहाँ इच्छा त्यहाँ उपाय काम गर्ने आँट र इच्छा भयो भने समय मिलाउन सकिन्छ, त्यसमाथि परिवार, साथीभाइको सहयोगले म हालसम्म सफल भइरहेको छु ।
अन्त्यमा के भन्नु हुन्छ ?
मेरो भावनाहरु राखी दिनुभएकोमा तपाइँ र धादिङ न्युज डट कमलाई धेरै धेरै धन्यवाद दिँदै सम्पूर्ण लोकसंगीत प्रेमी महानुभावहरुमा शुभ दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।