चेपाङ बिद्यार्थीहरुलाई सहयोग

545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शिशिर सिंखडा
चितवन,कार्तिक ४-पुर्बि चितवनको पिठुवा ८ माधवपुरमा रहेको बिन्देश्वरी निमाबीका ३६ जना चेपाङ बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच जाडोमा लगाउने कपडा र स्टेसनरी सामान हस्तान्तरण गरीएको छ । भानुभक्त दाहाल स्मृती प्रतिश्ठान जुटपानी १ भटेनीको आयोजनामा सो सामग्री हस्तान्तरण गरीएको थियो ।
असामयिक दुर्घटनामा परी निधन भएका दाहालको स्मृतीमा प्रतिश्ठान दर्ता गरी श्रीमती सरस्वती ,बुवा टिकाराम , छोराहरु राजु र गुणराज दाहालले हरेक बर्ष सामाजिक कार्यगदै आएका छन ् । हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापती गणेश शर्मा पौडेल, सिद्धि बिनायक आबासीय माबिका प्राचार्य बिष्णुमणी लामीछाने , न्यु सगरमाथा आमाबिका प्राचार्य इश्वर तिवारी ,खोलेसीमल बजार ब्यवस्थापन समिती अध्यक्ष हरी भण्डारी , नेपाल पत्रकार महासघका केन्द्रिय पार्शद शिशिर सिंखडा, बिन्देश्वरी निमाबीका प्रधानाध्यापक भिम प्रसाद खनाल,लगाएतले मन्तब्य ब्यक्तगर्नुभएको थियो ।कार्यक्रम प्रतिश्ठानका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरी
पुर्वी चितवनकै रत्ननगर १० मंगलपुरमा रहेको गामवेशीको चेपाङ सरक्षण केन्द्रमा खाद्यान्न सहयोग भएको छ । रत्ननगरको बकुल्लहरमा रहेको पुष्पाञ्जली रेष्टुरेन्टका सन्चालक पुष्पराज श्रेष्ठले चिउरा भुजा , दालमोठ लगाएतका खाद्यान्न सहयोग गर्नुभएको चेपाङ सरक्षण केनद्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा हाल ७० जना चेपाङ बालबालिका आबासिय सुविधासहित अध्ययन गरीरहेका छन ।