खारे खोला जलविद्युत आयोजनामा सह–वित्तियकरण सम्झौता

1481 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hydro-power-300x199कात्तिक ५, काठमाडौ । कन्सोर्सियम पावर डेभलपर्स प्रा.लि. (सि.पि.डि) ले हाल निर्माण गर्न लागेको २४.१ मे.वा. जडित क्षमताको खारेखोला जलविद्युत आयोजनामा १० वाणिज्य वैंकहरुले २ अर्व ९४ करोड रुपैया कर्जा लगानी गर्ने वारे प्रवर्धक कम्पनि र वैंक विच कात्तिक ४ गते काठमाण्डौंमा सम्झौता भएको छ । सम्झौतामा हस्ताक्षर भएपश्चात सि.पि.डि.का अध्यक्ष ई. लाल कृष्ण केसी र माछापुच्छ्रे वैंक लिमिटेडका प्रमुख कार्यकारि अधिकृत तुलसीराम गौतमबिच सो सम्झौता आदान प्रदान गरीएको थियो । यस सम्झौताले आयोजनाको निर्माण कार्य अघी बढ्ने एकिन भएको छ । माछापुच्छ्रे बैंकको नेतृत्वमा साथै नविल वैंक र एभरेष्ट वैंकको सह–नेतृत्वमा अन्य बैंकहरु ग्लोवल आई.एम.ई, नेपाल एस बीं आई, नेपाल क्रेडिट एण्ड कमर्स, कुमारी बैंक, बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक र नेपाल बङ्गलादेश बैंक ले सह वित्तियकरणमा लगानी गरेका छन् । आयोजनाको लगानी संरचना अनुसार कुल लागत ३ अर्व ९२ करोड मध्ये ७५ प्रतिशत वैंकको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । आयोजनाको स्वलगानी सि.पि.डि.ले व्यवस्था गर्ने छ ।
खारेखोला जलविद्युत आयोजना, दोलखा जिल्ला मार्वू तथा चंखु गा.वि.स. मा अवस्थित छ । २ मीटर अग्लो वांध वाधी प्रचलन अनुसार छाडनु पर्ने पानी नदीमा छोडी ८.४३ क्युसेक पानी (डिजाइन डिस्चार्ज) वालुवा थेग्रायाईए पछी करिव ४८०० मिटर लामो सुरुङ तथा ७८० मिटर लामो पेनस्टक पाईपको माध्यमद्धारा चंखु गा.बि.स. चमार भन्ने ठाउंमा रहेको सतही ९कगचाबअभ० पावर हाउसबाट विद्युतिय उर्जा उत्पादन गरे पछि सम्पुर्ण पानी पुनः खारे खोलामा फिर्ता छोडिने छ ।
अध्ययन अनुसार आयोजनाबाट वार्षिक १३ करोड ९२ लाख २२ हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता (पि.पि.ए) अनुसार सिंगटीमा अवस्थित सव स्टेशन सम्म आयोजनाले ९ कि.मी. प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत देशको उर्जा संकट व्यवस्थापन अन्र्तगत आन्तरिक खपतको लागि वितरण गरीने छ । सिंगटी मा निर्माणहुने सबस्टेसन तथा सिंगटी देखी लामोसांगु सम्मको मुख्य प्रसारण लाईन समयमै निर्माण हुने बारे नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारले प्रतिवद्धता गरेको सि. पि. डि का अध्यक्ष ई. लाल कृष्ण केसीले व्यक्त गर्नु भयो । यस सह वित्तियकरण सम्झौता भएको केही महिना भित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी ई.सं.२०१७ भीत्रै विद्युत उत्पादन गरिने कम्पनिका अध्यक्ष केसीले बताउनु भयो ।
संभाब्यता अध्ययन, बृस्तित आयोजना प्रतिबेदन, प्रारम्भिक बाताबरणिय परिक्षण, बृस्तित आयोजना डिजाईन जस्ता आबश्यक सम्पुर्ण अध्यनहरु सम्पन्न भएको छ । सि.पि.डि.ले नेपाल विद्युत प्राधिकरणसँग हालको प्रचलित मुल्यमा विद्युत खरिद विक्री सम्झौता गरेको र २०७१÷२÷४ मा उर्जा मन्त्रालयबाट निर्माण अबधी समेत गरी ३५ बर्षको लागी उत्पादन अनूमति पत्र प्राप्त गरेको हो । यस आयोजनाको आर्थिक बिश्लेषण अनुसारको परिसुचकहरु आकर्षक रहेकोस वातावरण प्रतिवेदन स्विकृत भैसकेकोस स्थानिय, जिल्ला तथा केन्द्रिय स्थरका सरोकारबाला हरुको समर्थन रहेकोस त्यस भेगका जनता सरोकार समिती मार्फत सहकार्य भैरहेका कारण आयोजना समयमै सम्पन्न हुने निश्चित छ । आयोजना समयमै सम्पन्न गर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” समेत वुझाएको छ ।
विद्युत विकास विभागले जल विद्युत विकासमा निजी क्षेत्रको सहभागिता बढाउने सरकारको निती अन्तर्गत खारेखोला लगायत विभिन्न ८ जलविद्युत आयोजनाहरु प्रतिस्पर्धा मार्फत विकास गर्न निजी क्षेत्रका प्रवर्धकहरुबाट प्रस्ताव आह्रान गरेको थियो । ती मध्ये ६ वटा आयोजनाको लागि स्वदेशी÷बैदेशिक लगानीकर्ताबाट प्रस्तावहरु पेश भई मूल्याकंन पस्चात सक्षम ठहरिएका ६ वटा प्रवधर्कलाई सर्भेक्षण अनूमति पत्र प्रदान गरिएको थियो । यि आयोजनाहरु “सुपर सिक्स” नामले समेत परिचित छन् । सुपरसिक्स अन्र्तगत वैंकबाट सहवित्तीयकरण सम्झौता गर्ने यो दोस्रो आयोजना हो ।
यथासिघ्र निर्माण कार्य प्रारम्भ गरि समयमै आयोजना सम्पन्न गर्न तथारुकताका साथ कार्य भैरहेको सि.पि.डी.का प्रमुख कार्यकारि अधिकृत दिपक नाथ चालिसे ले बताए दोलखावाट दयराम घिमिरेले जानकारी दिनुभयो ।  ।