आइसीसी विश्व क्रिकेटमा नेपालले अमेरिकालाई हरायो

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कात्तिक ११, काठमाडौँ- मलेशियामा जारी आइसिसी विश्व क्रिकेट डिभिजन तीनअन्तर्गत खेलमा नेपालले
Nepal-Paras-300x184अमेरिकालाई १० रनले पराजित गर्दै अंक तालिकामा पहिलो नम्बरमा उक्लेको छ । २२ ओभरको समाप्ति संगै बर्षका कारण प्रभावित भएको खेलमा डक वर्थ लुइस पद्धतीअनुसार नेपाल १० रनले विजयीहुँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

जितका लागि २२४ रनको लक्ष्य पछ्याएको नेपालले वर्षा हुनुअघिसम्म २२ ओभर खेल्दै १ विकेट गुमाएर ७३ रन बनाएको छ।

पहिलो ओभरमै ओपनर नरेश बुढाऐरलाई गुमाएको नेपालले नरेशको स्थानमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलको दरिलो साझेदारीका कारण उल्लेखित नतिजा निकालेको हो। सुबासले ८२ बलमा चार चौका सहित ४९ रन र मल्लले ४७ बलमा २२ रन बनाएर नेपाललाई बिजयी बनाएका थिए।

क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २२३ रन बनायो।

अमेरिकाका लागि फहाद बाबरले सर्वाधिक ५९ रन बनाए। शक्ति गौचनको बलमा बोल्ड हुनुअघि उनले ११४ बल खेल्दै चार चौका प्रहार गरेका थिए। यस्तै सागर पुनको बलमा बोल्ड हुनुअघि स्टेभेन टेलरले ३६ रन बनाए। तिमिल पटेल पनि ३९ रन बनाएर बसन्त रेग्मीको बलमा बोल्ड भए।

नेपालका लागि शक्ति गौचनले ३, सागर पुन र बसन्त रेग्मीले २-२ विकेट लिए।