ग्लोबल फण्डको सहयोग बन्द: हजारौं संक्रमितहरु उपचारबाट वञ्चित हुने 

872 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

7794342416_16329af3e6_mकाठमाण्डौं -नेपालले अक्टोबर १५ मा ग्लोबल फण्डमा पठाएको एचआइभी र एड्सको आवेदन ग्लोबल फण्डले अस्वीकृत गरेको छ । यसबाट एचआइभीका सबै सेवाहरु एकाएक ( After 15 march 2015) बन्द हुने भएका छन् ।
स्वास्थ्य सचिव तथा सिसिएम अध्यक्ष शान्त बहादुर श्रेष्ठलाइ नेपालले पठाएको प्रस्तावको प्रारम्भिक समिक्षा नतिजाबारे जानकारी दिंदै ग्लोबल फण्डले सहयोगको संयोजन गर्ने निकाय कन्टी कोअर्डिनेशन मेकानिज्म (सिसिएम)को कार्यदक्षतामा प्रश्न उठाउंदै नेपाल सहयोगका लागि योग्य नभएको बताएको हो । विगतका दिनहरुमा नेपालको सिसिएको कार्यक्षमता तथा कार्यदक्षता निकै उच्च मानिएको भएपनि सिसिएका तत्कालिन संयोजकलाई स्वास्थ्य मन्त्रीको दबाबमा हटाइएर आफ्ना नजिकका व्यक्तिलाई संयोजकका रुपमा नियुक्त गरिएपछि सिसिएमको कार्यक्षमतामा पहिलोपटक प्रश्न उठेको हो ।
ग्लोबल फण्डको नियमानुसार कुनै क्षेत्रमा सहयोग प्राप्त सिसिएमले ६ वटा अनिवार्य योग्यताहरु पुरा गर्नुपर्ने हुन्छ । यी ६ वटा योग्यताहरुमध्ये एउटा पनि पुरा नभएको अवस्थामा ग्लोबल फण्डले सहयोग दिंदैन । स्वास्थ्य सचिवलाई पठाइएको पत्रमा नेपालको सिसिएम सचिवलायले पुरा गर्ने कतिपय प्रक्रियाहरु पुरा नभएको जनाइएको छ प्रस्ताव पठाउंदा सबै सदस्यहरुको हस्ताक्षर सहित अनुमोदन नगरिएको, सिसिएमको सदस्यताको बारेमा उचित कागजात नपठाइएको, सिसिएमले कार्यान्वयन गर्ने निकायको समिक्षा राम्रोंग नगरेकोले नेपालको सिसिएम सहयोग पाउन नसक्ने सूचिमा परेको पत्रमा थप उल्लेख छ । प्रस्ताव तयारीका क्रममा सबै पक्षको विचार समेटिनुपर्ने, कुनै अमुक निकायको सरोकारसम्बन्धी स्वार्थ हुनु नहुनु, सिसिएमले चलिरहेका कार्यक्रमको अनुगमन यथेष्ट गनर््पर्ने, सदस्यता चयनसम्बन्धी प्रक्रिया पारदर्शी हुनुपर्ने, संक्रमितहरुको सहभागिता हुनुपर्ने लयायतका यी ६ वटा न्यूनतम शर्तहरुमध्ये कतिपय शर्तहरु पछिल्ला दिनहरुमा मन्त्रालयले उपेक्षा गर्दै आफुखुशी निर्णय गर्दै आएको थियो । सिसिएमको सदस्य हुन कुनै पनि संस्था ग्लोबल फण्डको सहयोग चलाएको नहुनुपर्ने, आर्थिकरुपमा पारदर्शी हुनुपर्ने भएपनि गत महिनमात्रै स्वास्थ्य मन्त्रालयले विश्व बैंक र ग्लोब फण्डले कार्यक्रम नै टर्मिनेसन गरेको व्यत्ति:लाई सिसिएम सदस्यका रुपमा प्रस्ताव गरेपछि सिसिएम सदस्यहरुले सोलाई अस्वीकार गरेका थिए । यसबाहेक पनि अन्य कतिपय पक्षहरुमा मन्त्रालयले आफुखुसी निर्णय गर्दै सिसिएमलाई कमजोर बनाउंदै आएको थियो । न्यूनतम शर्तसम्बन्धी यी पक्षहरु सुधार गरको खण्डमा नेपालले आगामी २०१५ को मार्चमा पुन: प्रस्ताव पठाउन सक्ने भने ग्लोबल फण्डले बाटो खुला गरेको छ ।।
ग्लोबल फण्डले नेपालको सिसिएम सचिवालय संयोजक र सिसिएम अध्यक्षले सामान्यरुपमा पुरा गर्नुपर्ने प्रशासनिक प्रक्रियाहरु पुरा नगरिएको उल्लेख छ । सिसिएम सचिवालय चुस्त दुरुस्त नभएको, योग्य संयोजकलाई हटाएर ग्लोबल फण्डकै अनुभव नभएको व्यक्तिलाई संयोजक बनाएको र सिसिएममा मन्त्रालयको तहमा अनावश्यक हस्तक्षेप भएको कारण नेपालले सहयोग गुमाउनु परेको सिसिएमका एकजना सदस्यले बताएका छन् । नेपालको सिसिएम विश्वका कतिपय देशहरुका सिसिएमभन्दा कार्यदक्षताका हिसाबले उच्च र उदाहरणीय रहेकोमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य मन्त्रालयले सिसिएमको सचिवालय तथा संरचनामा राजनीतिकरणको परिणाम समग्र समुदायले भोग्नु परेको एचआइभी संक्रमित बताउंछन्
नेपालले सन् २०१० मा सिसिएमबाट अनुमोदन गरी पठाएको एचआइभी, टिबी र मलेरियाको प्रस्ताव ग्लोबल फण्डले स्वीकृत गरेको थियो । त्यसपछि सन् २०१४ को जुलाईमा अर्को प्रस्ताव पठाउन नेपाललाई अनुरोध गरिएको थियो । तर स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको म्याद सकिनु र त्यसैबेला मन्त्रालयले सिसिएम संयोजक गोकर्ण भट्टलाई नियमविपरित हटाएपछि ग्लोबल फण्डले उतिखेर नै स्वास्थ्य मन्त्रालयको यो कदमको विरोध गरेको थियो । सिसिएम संयोजकलाई हटाउन ग्लोबल फण्डको अनुमति नलिई स्वास्थ्य मन्त्रायलयले विज्ञापन जारी गरेपछि ग्लोबल फण्डको यसमा आपत्ती व्यक्त गर्दै मन्त्रालयको यो कदम घातक रहेको र यसले नेपाल सहयोग नपाउने सूचिमा पर्न सक्ने चेतावनी जुलाईमा नै दिएको थियो । तर मन्त्रालयले ग्लोबल फण्डको चेतावनीलाई उपेक्षा गर्दै नयाा संयोजक नियुक्त गरेको थियो । तर ग्लोबल फण्डलाई नेपालले जुलाईमा प्रस्ताव भने पठाउन सकेन । पछि नयां संयोजक शिवलाल आचार्यलाई नियुक्त गरेर अक्टोबरमा मलेरिया र एचआइभीका क्षेत्रमा ३ वर्षका लागि ५२ मिलियन अमेरिकी डलरको प्रस्ताव ग्लोबल फण्डमा पठाएको थियो । तर यो पछिल्लो निर्णयले नेपालका एचआइभी संक्रमित, समुदाय र यसक्षेत्रमा कार्यरत सबै संघसंस्था एवं व्यक्तिहरु स्तब्ध हुन पुगेको छन् । यो सहयोग नआएको कारण २०१५ को मार्चदेखि एचआइभीका उपचार लगायतका सबै सेवा बन्द हुने छन् । जसको ठूलो मार एचआइभी संक्रमित र समुदायमा पर्ने देखिन्छ ।