सर्पदंशका बिरामीलाई अब देशैभर एउटै उपचार पद्धति

282 पटक पढिएको

प्रकाशित मिति: १३ कार्तिक २०७१, बिहीबार १६:२७

सम्पादक: Dhading News

चितवन, १३ कात्तिक । सर्पदंशको उपचार पद्धतिमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । जेनेभा युनिभर्सिटी हस्पिटलको आर्थिक र प्राविधिक सहयोगमा दुई नेपाली चिकित्सकको नेतृत्वमा १८ महिना लगाएर गरिएको अनुसन्धानसँगै उपचार पद्धति सहज र सस्तो बनेको छ । यसका कारण बिरामीको मृत्युदरसमेत घटेको छ ।

अनुसन्धानको नेतृत्व गरेका दुईमध्ये भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा विजयप्रसाद पौडेलका अनुसार चितवनको भरतपुर अस्पताल, झापाको चारआली र दमक गरी तीन वटा केन्द्रमा अनुसन्धान गरिएको थियो ।

डा पौडेल र डा सञ्जिव शर्माले अनुसन्धानको नेतृत्व गर्नुभएको थियो । सबै केन्द्रमा तीन चिकित्सक र तीन स्टार्फ नर्सको सहयोग लिइएको थियो । डा पौडेलका अनुसार २४७ जना सर्पले टोकेका बिरामीमा अनुसन्धान केन्द्रित गरिएको थियो ।

अनुसन्धानको विस्तृत नतिजा आइनसके पनि अन्य महत्वपूर्ण उपलब्धिहरु प्रयोगमा आएको पौडेलले बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य सङ्गठनले अनुसन्धानका उपलब्धिलाई मान्यता दिएको उहाँको भनाइ छ ।

अनुसन्धान पूर्व एकजना बिरामीलाई १६५ भायलसम्म प्रतिविष दिइन्थ्यो भने अनुसन्धानसँगै ३० भायलभन्दा बढी प्रतिविष दिन नपर्ने प्रमाणित भएको छ । पौडेलका अनुसार विषालु सर्पले टोकेका २० प्रतिशतले ज्यान गुमाउँदै आएकामा अहिले घटेर पाँच प्रतिशतमा झरेका छ । उहाँले भन्नुभयो, “अनुसन्धानले प्रति भायल रु दुई हजार पर्ने प्रतिविषको मात्रा घटायो, मर्ने बिरामीको सङ्ख्या घट्यो र देशैभर एउटै पद्धतिको उपचार सुरु भयो ।”

अनुसन्धानमा सङ्कलन गरिएको नमुना रगत गोयथे युनिभिर्सिटी जर्मनी र अक्सफोर्ड युनिभर्सिटी बेलायत पठाइएको छ । यही नोभेम्बरमा नतिजा आउँदैछ । यसबाट नेपालमा रहेका सर्पका प्रजाति, विषको अवस्था, कम मात्रा वा धेरै मात्राको थालनीबाट उपचार उपयुक्त हुनेलगायतका थप महत्वपूर्ण ज्ञान हासिल हुने डा पौडेलले बताउनुभयो ।

सन् २०१० को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । अनुसन्धानसँगै सर्प र घोडा पालन गरी औषधि उद्योग खोलेर नेपालमै प्रतिविष उत्पादन गर्न सक्नेसमेत देखिएको उहाँको दाबी छ ।

नेपालमा बर्सेनि २० हजार जति मानिसलाई सर्पले टोक्ने र यसमध्ये दुई हजार विषालु रहने पौडेलको भनाइ छ । चितवनको भरतपुर अस्पतालमा मात्रै बर्सेनि ५०० जना सर्पदंशका बिरामी आउने गरेकामा करिव २०० वटा घटना विषालु सर्पको टोकाइका छन् ।

नेपालमा गोमन, करेतसहितका आठ जातका विषालु सर्प पाइन्छ । चितवनको भरतपुर अस्पताल सर्पदंश उपचार केन्द्रका रुपमा विकास भइरहेको छ । पौडेलका अनुसार आसपासका अतिरिक्त नेपालगन्ज, बुटवल, वीरगन्ज, जनकपुरलगायतका ठाउँबाट समेत सर्पदंशका बिरामी भरतपुर अस्पताल पठाइने गरेको छ ।

नयाँ पद्धति र सघन उपचार कक्ष भएकाले छिटो बिरामी आइपुगे बचाउन सकिने उहाँको भनाइ छ । अनुसन्धानसँगै नयाँ उपचार पद्धतिको थालनी भएकाले औषधि अभाव घटेको र बिरामी बचाउन सकिएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा केशवराज भुर्तेलले बताउनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१३ कार्तिक २०७१, बिहीबार १६:२७ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories