घरमा आगलागी डेढ लाख क्षति

763 पटक पढिएको

सम्पादक: Dhadingnews.com

aagalagi dhading धादिङ,/ धादिङको मुरलीभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर २ चाँपटारी स्थित एक घरमा आगलागी भएको छ ।
आगलागीबाट घरमा पुरै क्षति पुगेको छ भने घरभित्र रहेका सम्पर्ूण्ा सामान जलेर नष्ट भएको छ । घरमा बालबालिकाहरु मात्रै भएको बेला एक्कासी लागेको आगोले अन्दाजी एक लाख ५० हजारको क्षति भएको प्रहरीको अनुमान छ ।

आगोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायत अन्य कागजपत्रहरु पर्ूण्ा रुपले जलेर नष्ट भएको छ । घरमुली घरमा नभएकाले नगद वा अन्य क्षतिको विवरण भने खुल्न सकेको छैन । घरको एकापट्टी कुनामा पराल थुपारेर राखिएको र संगै अन्य सामानहरु समेत भएकोले आगो सजिलै भीषण रुप लिएको उद्धार कार्यमा खटिएका प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएका प्रहरीको टोली र स्थानीयबासीको सहयोगमा करिब डेढ घण्टाको निरन्तर प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

नजिक रहेका छिमेकीको घर र धारा कुवाबाट पानी बोकेर आगो नियन्त्रणमा लिएका थिए । आगोले जलेर नष्ट भएको घर स्थानीय केदार कोइरालाको भएपनि दार्खा गाविस वडा नम्बर ३ बृचेतका र्सर्ूयमान तामाङको परिवारले भाडामा बस्दै आएका थिए । तीन महिनाअघि बृचेतबाट बसाइ सरेर आएका र्सर्ूयमानको चार छोरीहरु सहित ६ जनाको परिवार सो घरमा बस्दै आएका थिए ।