भेटिएनन त्रिशूलीमा हराएका किशोरहरु

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

malekhu trishuli nadi धादिङ,१६ कात्तिक ः शनिवार दिउंसो देखि त्रिशूली नदीमा डुवेर हराईरहेका तीन युवक अझै फेला परेका छैनन ।
ललितपुरको नखिपोटवाट पिकनिक मनाउन धादिङको मलेखुदोभान स्थित त्रिशूली नदी किनारमा आएका किशोरहरु नाचगान पछि त्रिशूली नदीमा पौडी खेल्न पस्दा नदीमा डुवेर हराएका हुन । हराउनेहरुमा नुलव राई,रेवन थापा र सुलभ गुरुङ रहेका छन । उनिहरुको समुह २३ जना मिलेर शनिवार पिकनिक मनाउन मलेखु आईपुगेको थियो । शनिवार दिउंसो ३ वजे तिर भएको सो घटनामा परि नदीमा हराएकाहरुको खोजीमा घटना लगत्रै नेपाल प्रहरी,शसस्त्र प्रहरीको आकस्मिक दुद्र्धटना उद्धार टोलीका साथै स्थानीय पौडीवाज र जलयात्रा व्यवसायीहरु नदी क्षेत्रमा सक्रिय भएका थिए । आईतवार वेपत्ता किशोरका आफन्तजन,छिमेकीहरुका साथै नेपाल प्रहरी,शसस्त्र प्रहरीको आकस्मिक दुद्र्धटना उद्धार टोलीका साथै स्थानीय पौडीवाज र जलयात्रा व्यवसायीहरुले दिनभरीनै खोजी गरेपनि केही पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वालकृष्ण पोखरेलले जानकारी दिनु भयो ।
घटना भएको वरिपरी दिनभरीनै खोजी टोली सक्रिय रह्यो तर केही उपलव्धि हुन भने सकेन, रात नपर्दा सम्म खोजी कार्यलाई निरन्तरता दिइने प्रहरी निरिक्षक पोखरेलले वताउनु भयो । त्रिशूली नदीको वहावका वारेमा ज्ञान नभएका व्यक्ति नदीमा पस्दा पटक पटक दुर्घटना हुने गरेको मलेखुका स्थानीय रामहरी थापा वताउनुहुन्छ । जलयात्राका लागि वाह्रै महिना उपयुक्त मानिएको त्रिशूली नदीको वनावट वाहिरवाट हेर्दा सानो देखिने गरेकाले कतिपय व्यक्ति आंफुसंग पौडिने सिप भएको भन्दै नदीमा पसेर उत्रन नसक्ने गरेको थापाको भनाई छ ।