संचारमाध्यमहरु सस्तो लोकप्रियताको पछि लाग्नु हुंदैन–आचार्य

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sudarshan aachhryaa धादिङ–संचारमाध्यमहरुले सस्तो लोकप्रियताको लागि सत्य,तथ्य र विश्वसिनय पत्रकारितावाट वाहिर जान नहुने प्रेस काउन्सिल नेपालका सदस्य शुदर्शन आचार्यले वताउनु भएको छ । सस्तो लोकप्रियतामा रमाउंदा पत्रकारिताको मर्म विपरितका कार्यहरु हुन गई समाजमा प्रेस माथि विभिन्न किसिमका लाञ्छना लाग्ने भएकाले संचारमाध्यमलाई सबैको साझा र विश्वसनिय वनाउन संचारकर्मीहरु सचेत हुनुपर्ने आचार्यको सुझाव छ । हरेक पत्रकार र संचारमाध्यमले समाजप्रतिको उत्तरदायित्वलाई कहिल्यै भुल्न नहुने आचार्यको भनाई छ ।
जिल्लामा रहेका संचारमाध्यमहरुको अवस्था अवलोकन तथा स्थानीय तहमा देखिएका समस्याहरुका बिषयमा छलफल गर्न सोमवर धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रेस काउन्सिल सदस्य आचार्यले देखासिकी र अरुको सेखी झार्नका लागि गरिने पत्रकारितालाई अन्त्य गर्दै पत्रकारिताको मर्मलाई आत्मसाथ गरेर संचारमाध्यम अघि बढ्नुपर्ने सुझाव दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका वितरण संपरिक्षण अधिकृत रामप्रसाद पोखरेलले पनि पत्रकारितालाई समाज परिवर्तनको माध्यम वनाउन आग्रह गर्नुभएको थियो । स्थानीय संचारमाध्यमहरुमा आर्थिक तथा अन्य समस्या बढ्दै गएकाले दिगोआयश्रोत व्यवस्थापनका लागि संचारमाध्यमहरुले पहल गर्नुपर्नेमा पोखरेलको जोड थियो । पत्रकारितालाई वदनाम हुन नदिन संचारमाध्यमको ध्यान जहिले पनि केन्द्रिं
त हुनुपर्ने उहांको सुझाव थियो । नेपाल पत्रकार महासंघ धादिङको समन्वयमा प्रेस काउन्सिल नेपालद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष नवराज छत्कुली, पुर्व अध्यक्ष सीतारामप्रसाद वर्मा, राजेन्द्रप्रताप शाहका साथै विभिन्न संचारमाध्यमका प्रतिनिधि, पेशागत पत्रकार संगठनका प्रतिनिधिहरुको सहभागिता एवम उहांहरुले बिषयवस्तुका वारेमा आफ्नो धारणा राख्नुभएको थियो ।