​आँखा नदेख्ने सन्सरमाया भन्छिन् ‘मर्न पाए सुख पाउँथें’

922 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Zf2WgyNप्रतिमा सिलवाल

काठको घोचाको बार, खरले छाएको, ढोका पनि नभएको सानो झुपडी । मझेरीको देब्रे कुनामा रहेको अँगेनो बाहिरैबाट देखिन्छ, अनि खरानी मझेरीभरि छरपस्ट । अँगेनो छेउमै सेतै कपाल फूलेकी एक वृद्धा छिन् । उनको कपाल काँगियो नपरेको पनि कयौं दिन भएझैं देखिन्छ । आँखा चिम्म छन्, वर्षौंदेखि नखुलेका जस्ता । मुजा गन्नै सकिने गरी अनुहारको छाला चाउरिएको छ । उनको आडैमा छन् एक वृद्ध, अनि नजिकै छ वर्षौं पुराना एक थान पकाउने भाँडा, दुईवटा सिलावरको कचौरा र थाल ।

‘आमा तपाईंको नाम के हो ?’ जवाफ फर्काइन्, ‘सन्सरमाया चेपाङ । बाआमाले तँ शनिबार जन्मिइस् । शनिबार ग्रहबार हो, जीवनभर सुख पाउँदिनस् भन्थे । त्यस्तै भयो, यो जुगमा सुख पाइन ।’ सन्सरमाया ९१ वर्षकी भइन् । धादिङको धुषा गाविस ७, सामबासमा उनको झुपडी छ । त्यहीँ बस्छन् सन्सरमाया र उनका पछि नयाँबस्ती चेपाङ  ।  TNt6ddj

सन्सरमाया आँखा देख्दिनन् । उनलाई आफुले संसार देख्न छाडेको कति भयो भन्ने पनि थाहा छैन  । भन्छिन् ‘जुग भइसक्यो ।’ दिसा पिसाब गर्न जान एक्लै सक्दिनन् सन्सरमाया । पति नयाँबस्ती दिनरात आडमा बसेर साथ दिनुपर्छ । उनीहरुका छोराछोरी पनि छैनन् । ‘बच्चा जन्मिएनन्’ नयाँबस्ती भन्छन्, ‘हाम्रो भाग्यमा दुःख लेखेको रै’छ । सन्सरमायाको उपचारको लागि उनीहरुले कोशिस नै गरेनन् । ‘खानै छैन, के को उपचार ?’ सन्सरमायाले भनिन्, ‘चाँडो मर्न पाए सुख पाउँथें ।’

गएको सोमबार दिउँसो १२ वजे चेपाङ दम्पतीका घर पुग्दा उनीहरुले भर्खरै मकैको ढिँडो खाएर बसेका रहेछन् । एक छाकले उनीहरुले एक दिनको खाना पुर्याउनु पर्ने बाध्यता रहेछ । नयाँबस्तीले भने, ‘उसलाई छोडेर मेला जान पाउँदिन । मागेर ल्याएर मकै एक छाकको दरले खाँदा दुई तीन दिनलाई पुग्छ । सकिएपछि फेरि माग्न जानुपर्छ ।’ewEnVyX

नयाँबस्ती पत्नी सन्सरमायाभन्दा २० वर्षले कान्छा छन् । उनको पनि आँखा धमिला बन्दै गएका छन् । बेलैमा आँखाको उपचार गर्न पाए केही काम गर्न सक्छु भन्ने नयाँ बस्तीको आाशा छ । तर, खाने सामलको जोहो गर्न समेत मुश्किल उनलाई अस्पताल जाने रकमको जोहो गर्न सक्ने विश्वास रत्ती छैन चक्रपथ डट कम अनलाईनले खबर लेखेको छ ।