केटाकेटी अनलाइनको सहसम्पादकमा अधिकारी

662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Madhav Adhikariकाठमाडौ,२४ कार्तिक- काठमाडौँस्थित केटाकेटी न्युज डटकम प्रालिद्वारा सञ्चालित केटाकेटी अनलाइनको सहसम्पादकमा माधव अधिकारी नियुक्त हुनुभएको छ ।बालसाहित्यको प्रवद्र्धनका निम्ति विगत एक दशकदेखि सञ्चालित सो पोर्टलले अधिकारीलाई सामग्री सम्पादनको जिम्मेवारी दिएको हो ।
केटाकेटी अनलाइनमा बालसाहित्य,शिक्षा,विद्यालय गतिविधि,बालबालिका र बालसाहित्यसम्बन्धी समाचार,बालसाहित्यकार र बालबालिकाका लेखरचना,विज्ञको अन्तर्वार्ता,पुस्तक समीक्षा आदि प्रकाशित हुँदै आएको छ ।बालसाहित्य र शिक्षाक्षेत्रमा दक्ष,अधिकारकर्मी समेत रहेका सञ्चारकर्मीलाई सहसम्पादकका रुपमा पाउँदा गौरवान्वित भएको अध्यक्ष घिमिरेले बताए ।‘उहाँको कार्यकालमा अनलाइनले सफलताको शिखर चुम्ने विश्वास लिएका छौँ ।’ अध्यक्ष घिमिरेले भने ।
नवनियुक्त सहसम्पादक अधिकारीले आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमानदारी,समर्पण र परिश्रमका साथ वहन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।अधिकारीले यसअघि विभिन्न अनलाइन र छापा माध्यममा काम गरिसकेका छन् ।केटाकेटाकेटी अनलाइनलाई नेपाल बालसाहित्य समाजले प्रवद्र्धन गर्दै आएको छ ।