सुत्केरीढुंगामा वस र माईक्रो ठोक्कियो सात घाईते

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पृथ्वीराजमार्गको सुत्केरीढुंगामा दुर्घटनामा परेर क्षतीग्रस्त हुनपुगेको  माईक्रोवस तस्बिर  : पत्रकार –सन्तोष अधिकारी ,बैरेनी
पृथ्वीराजमार्गको सुत्केरीढुंगामा दुर्घटनामा परेर क्षतीग्रस्त हुनपुगेको माईक्रोवस
तस्बिर : पत्रकार –सन्तोष अधिकारी ,बैरेनी

बैरेनी–पृथ्वीराजमार्गमा पर्ने धादिङको बैरेनी गाविसको वडा नम्बर ९ सुत्केरी ढुंगा नजिकै विहीवार दिउंसो दुई सवारी साधन एक आपसमा ठोक्किंदा कम्तिमा ७ यात्रु घाईते भएका छन । काठमाण्डौवाट चितवनको कठार तफं जांदै गरेको ना ४ ख ७९०८ नम्बरको यात्रुवस संग लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरवाट काठमाण्डौंका लागि छुटेको माईक्रोवस विहीवार दिउंसो ४.३० वजे तिर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
विपरित दिशावाट अत्याधिक गतिमा आईरहेको दुईवटा यात्रुवाहक सवारी साधन एक आपसमा ठोक्किंदा माईक्रोवसका चालक सहित अन्य ७ जना यात्रु घाईते भएको स्थानीय मिथुन काराखेतीले जानकारी दिनु भयो । चालक वसको ठक्करपछि सिटमै च्यापिएको अवस्थमा रहेकाले उनको अवस्था निकै चिन्ताजनक रहेको छ ।
दुर्घटनामा परेका घाईतेहरुको स्थानीयवासी, वैरेनीवाट खटिएको प्रहरी लगायतको टोलीले उद्धार गरी तत्काल उपचारका लागि काठमाण्डौं पठाईएको छ । घुम्ती सडकमा दुवैतर्फवाट अत्याधिक गतिमा आएका सवारी साधन एक्कासी ठोक्किन गएको दुर्घटनाका प्रत्यक्षदर्शी स्थानीले वताए ।