हङ्कङका प्रदर्शनकारीद्वारा विधान सभाको भवनमा आक्रमण

510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हङकङ, – हङ्कङ्का आन्दोलनकारी विद्यार्थीले बुधबार बिहानै त्यहाँको विधान सभाको हलमा आक्रमण गरेको भन्दै उक्त सभाको बैठक स्थगित गरिएको समाचार छ ।

उक्त विधान सभाको हलको मूलद्वारमा आन्दोलनकारीले हमला गरेका थिए । बिहान भएको सो घटनापछि बैठक स्थगित गरिएको प्रहरीले जानकारी दिएको छ ।

सो हमलाका कारण उक्त भवनको द्वारमा क्षति पुगेको बताइएको छ । विधान सभाको बैठक जारी रहेको र बुधबार पनि बैठकको आह्वान गरिएकोमा सो हमलापछि आजका लागि बैठक स्थगित गरिएको हो ।

प्रदर्शनकारीको एक सानो समूहले सो भवनमा इटा, ढुङ्गा तथा केही विस्फोटक पदार्थसमेत फालेको बताइएको छ । तर विस्फोटक पदार्थ फालेको विषयको भने विद्यार्थीले खण्डन गरेका छन् ।

सो आक्रमणलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको थियो । सो भीड नियन्त्रण गर्न करिब एकसय जना प्रहरी परिचालन गरिएको र उनीहरुले अश्रुग्यास पनि प्रयोग गरेका थिए ।

स्थानीय टेलिभिजनले दिएका दृश्यहरुमा एकजना प्रदर्शनकारीले सो भवनको मूलद्वारमा हमलाका लागि उक्साएको सुनिएको छ ।

प्रहरीले उक्त कार्यको .व्यापक विरोध गरेको छ । प्रहरीले बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कार्यले सार्वजनिक शान्तिमा खलल पु¥याउनसक्ने भन्दै त्यस्ता कार्य तत्कालै रोक्न आह्वान गरिएको छ ।

प्रहरीले हिजोमात्र त्यहाँ आन्दोलनरत विद्यार्थीलाई सार्वजनिक सडकबाट हटाएको थियो । प्रहरीले सार्वजनिक स्थलबाट नहटे बल प्रयोग गरी हटाउने चेतावनी दिएपछि विद्यार्थीले कतिपय सडकमा उनीहरु बसिरहेका पाल हटाइदिएका थिए ।

हङ्कङको मूल सडकमै गएको सात हप्तादेखि नै हङ्कङको मुख्य बन्द व्यापारका साथै धेरैजसो सरकारी काम र व्यापारमा पनि अवरोध भएकोले प्रहरीले सडकबाट प्रदर्शनकारी हटाएको हो ।
हङ्कङका विद्यार्थी सात हप्तादेखि नै प्रजातन्त्रको मागगर्दै रिले अनसन बस्दै आएका छन् । हिजो केही स्थानबाट प्रहरी हटेको भए पनि कतिपय स्थानमा उनीहरुको आन्दोलन जारी रहेको छ ।

सोही आन्दोलन सुरुगर्ने क्रममा नै बुधबार उनीहरुले उक्त विधान सभाको भवनमा नै आक्रमण गरेका बताइएको छ । प्रहरीले त्यसमा हमला गर्ने केही विद्यार्थीलाई पक्राउ गरेको छ ।

लामो समयको यस आन्दोलनका कारण हङकङको जनजीवन नराम्रोसँग प्रभावित हुदैआएको बताइएको छ ।