अदालतले रोक्का गर्न आदेश गरेको जग्गा मालपोतबाट विक्रि

656 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, -जिल्ला अदालत धादिङको आदेशले रोक्का गरेको जग्गा जिल्ला मालपोत कार्यालयको लापर्वाहीले जग्गा विक्रि भएको छ।
नीलकण्ठ नगरपालिका वडा न.ं ३ स्थित साविकको साङकोष गाविस वडा न.ं ३ घ १०८० न.ं को ०–१–३–० क्षेत्रफलको जग्गा जिल्ला अदालतमा मुद्दा परेपछि २०७० पुस ७ गते जिल्ला मालपोत कार्यालयलाई रोक्काको लागि पत्र लेखेको थियो।
अदालतको पत्रपाएपछि जिल्ला मालपोत कार्यालयले २०७० पुस ९ गते जिल्ला अदालतमा पत्र लेखि सो जग्गा भैरबी बचत तथा ऋण सहकारी संस्थाबाट जग्गा रोक्का भएकोले दोहोरो रोक्का राख्न नमिल्ने भनि पत्र पठाएको थियो।
अदालतले पठाएको पत्रको यस्तो उत्तर पठाएको मालपोत कार्यालयले उसलाई जानकारी हुँदा हुँदै २०७१ कात्तिक ३० गते सोही कि न.ं १०८० को जग्गा र सो मा बनेको घर विक्रि गरेको हो।
जिल्ला अदालतले जग्गा रोक्काको पत्र पठाएपछि अदालतको पत्र बमोजिम जिल्ला मालपोत कार्यालयले जग्गा रोक्का भएको भएपनि सो कुरा जनाएर राख्नु पर्नेमा जानकारी हुँदा हुँदै विक्रिी गरेकोले मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा यस्तो काम भएकोमा पीडित प्रतिमा लम्सालले आक्रोस व्यक्त गर्नुभयो।
जिल्ला अदालतमा प्रतिमा लम्सालले २०७० पुस १ गते सासुरा तुलसीप्रसाद लम्सालविरुद्द अंश, मानाचामल, सहित श्रीमान कृष्णप्रसाद संग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्।
सोही मुद्दाको सिलसिलामा जिल्ला अदालतले लेखेको पत्रलाई मालपोत कार्यालयले वेवास्ता गरि जग्गा विक्रि गराएको हो।
यस सम्बन्धमा जिल्ला मालपोत कार्यालयका प्रमुख रेवतीप्रसाद ढकालले अदालतले दोश्रो पत्र लेखेर पुनः जग्गा रोक्का गर्न मालपोतमा पत्र लेख्नु पर्नेमा पत्र नपठाएकोले जग्गा विक्रि भएको बताउँदै एउटै जग्गा दोहोरो रोक्का राख्न नमिल्ने बताउनुभयो।
मालपोत कार्यालयले विक्री गराएको सो घरजग्गाको लिखत बदर गर्न र जालसाची भएकोले ससुरा तुलसीप्रसाद लम्साल, जग्गा लिने धनबहादुर भण्डारीले जालसाची गरेको भन्दै लिखत बदर गरि जग्गाको दाखिला खारेज गर्न पीडित प्रतिमा लम्सालले मंसिर ३ गते जिल्ला अदालतमा फिराद पत्र दर्ता गराएकी छिन् न्यूज अफ नेपाल डट कमले खबर छापेको छ ।