वैदेशिक रोजगारीमा जाने ७५ प्रतिसत कामदार अदक्ष

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धनुषाबाट सबैभन्दा धेरै गए वैदेशिक राेजगारीमा

काठमाडौं। नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदार मध्ये तीन चौथाई कामदार अदक्ष रहने गरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। पहिलोपटक बैदेशिक रोजगारीको अद्यावधिक प्रतिवेदन जारी गर्दै ७४ प्रतिशत अदक्ष, १२ प्रतिशत अर्धदक्ष, १४ प्रतिशत दक्ष र एक प्रतिशत उच्च दक्ष (प्रोफेसनल) नेपाली कामदार बैदेशिक रोजगारीमा रहेको जनाएको हो।

मन्त्रालयका अनुसार, धनुषा जिल्लाबाट सबैभन्दा बढी अर्थात ४.८ प्रतिशत बैदेशिक रोजगारीमा गएका छन्। बैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषापछि क्रमशः झापा, मोरङ, सिराहा, महोत्तरी, सप्तरी, नवलपरासी, सुनसरी, सर्लाही र रुपन्देही छन्।
FOREIGN_EMPLOYMENT
आर्थिक वर्ष २०७०/७१ मा पाँचलाख २१ हजार आठसय ७८ रोजगारीका लागि विदेश गएका छन्। त्यसमा पुरुषको संख्या ९४.४ प्रतिशत छ।

बैदेशिक रोजगारीको प्रमुख गन्तव्यमा मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतार रहेका छन्। करिव ४० प्रतिशत कामदार मलेसिया पुग्ने गरेका छन्।

महिला कामदारको प्रमुख गन्तव्यमा पनि मलेसिया पहिलो स्थानमा रहेको छ। यसअघि खाडी राष्ट्र साउदी अरबमा ठुलो संख्यामा कामदार भएको विश्वास गरिदै आएको थियो।

वैदेशिक रोजगारीमा जाने महिला मध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकबाट जाने गरेको पाइएको छ । श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पछिल्लो ६ वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको ५०.३ प्रतिशत महिला १० जिल्लाबाट जाने गरेको पाइएको हो ।

मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, झापा, मोरङ, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, नुवाकोट, सुनसरी, इलाम र दोलखा जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उच्च छ ।

Dataaaप्रतिवेदन अनुसार यो अवधिमा रोजगारीका लागि विदेशिने महिलाको संख्याको ८.८६ प्रतिशत महिला सिन्धुपाल्चोकबाट गएको पाइएको छ । यस्तै विदेशिन महिलामा झापाबाट ८.५७ प्रतिशत तथा मोरङबाट ५.८७ प्रतिशत छन् ।

यसका साथै मकवानपुरबाट ४.७६, काभ्रेपलाञ्चोकबाट ४.२८, काठमाडौंबाट ४.१७, नुवाकोटबाट ३.९, सुनसरीबाट ३.७९, इलामबाट ३.३१, तथा दोलखाबाट २.७७ प्रतिशत महिला वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

गत वर्ष बिदेशी भुमीमा आठसय ४२ जना कामदारको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विदेशमा मृत्यु भएका मध्ये दुईसय ४७ जनाको मृत्युको कारण समेत पत्ता लाग्न सकेको छैन। हृदयघातबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी दुईसय ४१ छ। बिदेशमा मृत्यु हुनेमा पाँचसय ७८ जना बैदेशिक रोजगार व्यवसायी मार्फत त्यहाँ पुगेका थिए।

बैदेशिक रोजगारको पहिलो गन्तव्य मलेसिया नेपाली कामदारका लागि जोखिमपूर्ण भुमी पनि बनेको छ। विगत चार वर्षदेखि मलेसियामा मृत्यु हुने कामदारको संख्या उच्च रहेको छ। गत वर्ष मलेसियामा दुईसय ९४ नेपालीले ज्यान गुमाएका थिए भने अघिल्लो वर्ष सो संख्या दुईसय ५३ थियो। यसैगरी गत वर्ष साउदी अरबमा दुईसय ११ र कतारमा एकसय ९३ नेपालीको मृत्यु भएको थियो विजमाण्डु डट कमले खबर लेखेको छ ।