विप्लव युगको सुरुआत

208 पटक पढिएको

प्रकाशित मिति: ७ मंसिर २०७१, आईतवार ०६:४५

सम्पादक: Dhading News

ध्रुवराज अधिकारी

dhrubaकपिलवस्तुको जङलमा देशभरिका आफ्ना समूहका युवाप्रतिनिधिहरुसित अन्तक्र्रिया काठमाडौं फर्केका नेकपा–माओवादीका युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’का पछिल्ला अभिव्यक्तिमा कतै पनि हतासा वा आक्रोश होइन आत्मविश्वास देखिन्छ । माउ पार्टीबाट बारम्बार कारवाहीको धम्की आउँदा पनि उनमा कुनै विचलन नदेखिनु, बरु आत्मविश्वास बढेको पाइनु सामान्य लक्षण नहुनु पर्छ । यसबीच उनमा देखापरेको अर्को अनौठो कुरा के छ भने उनी यतिबेला एमाओवादी हुन् वा माओवादी कुनै पनि पार्टीका उच्च नेताविरुद्ध गालीगलौजमा उत्रिएका छैनन् । उनीहरुलाई सम्मान गरेका छन् । उनले नयाँ तर्क अगाडि सारेका छन्– प्रचण्ड, किरण, बाबुरामको पुस्ताले जे ग¥यो, उनीहरुले गर्न सक्ने यत्ति थियो । उनीहरुले इतिहासको एउटा कालखण्डको नायकत्व गरेर देखाए । अब बाँकी कार्यभार पूरा गर्ने जिम्मा हामी युवा पुस्ताको काँधमा आएको छ ।

विप्लवको उपर्युक्त भनाइले दूरगामी अर्थ र महत्व राख्छ । अर्कोतिर, उनको यस्तो अभिव्यक्ति उनीमा आएको राजनीतिक परिपक्वताको परिचायक पनि हो । यसबीचमा खबरहरुमा पनि आइसकेका छन्– विप्लवले नेपाली क्रान्तिकारीहरुको बीचमा नयाँ आशाको सञ्चार पनि गराएका छन् । उदाहरणका लागि खाडी मुलुक जान हिँडेका एकजना पूर्व माओवादी छापामार पासपोर्ट च्यातेर क्रान्तिमा समाहित हुन्छु भन्दै विप्लव समूहको सम्पर्कमा पुगेका छन् । यद्यपि विप्लवको पछिल्लो अभिव्यक्तिलाई हेर्ने हो भने उनले कस्तो क्रान्ति गर्न खोजेका हुन् त्यसको खाका भने स्पष्ट भइसकेको छैन । एकातिर उनले लेनिन वा माओको जस्तो तरिकाले क्रान्ति हुन्न, नेपालमा यहाँकै माटो सुहाउँदो र अहिलेको एक्काइसौं शताब्दी अनुसारको क्रान्ति हुनुपर्छ भनेका छन् भने अर्कोतिर काठमाडौंका भित्ताहरुमा ‘नयाँ जनवादी क्रान्ति’का नाराले भित्ता रङ्गाएका छन् । नयाँ ‘जनवादी क्रान्ति’ भन्दा सरसर्ती बुझिने चिनिया मोडेल हो भन्ने अध्ययनशील विप्लवलाई पक्कै पनि थाहा नभएको होइन ।

विप्लवले मध्यमवर्गको बारेमा अघि सारेको धारणा भने निकै चाखलाग्दो छ । यद्यपि यसलाई उनले अझै मूर्त र सैद्धान्तिक रुपमा अगाडि सार्न सके यो नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ बहसको सुरुआत हुनसक्छ । जे भए पनि पछिल्लो समय विप्लवमा देखिएको आवश्यक परे क्रान्तिकारी युद्धमा जाने साहस मात्रै होइन, सैद्धान्तिक विषयहरुमा समेत नयाँ ढंगले सोच्ने जुन आँट पलाएको छनक हुन्छ यसले विप्लवलाई ‘हावादारी’ संज्ञा दिनेहरुलाई पक्कै पनि झस्काएको हुनुपर्छ ।

जहाँसम्म जनयुद्ध जारी गर्ने कुरा हो, आत्मसमर्पण र आत्महत्याको बाटो नहिँड्ने हो भने क्रान्तिलाई पूर्णता दिनका लागि एकपटक नलडी नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुलाई सुखै छैन । यदि विप्लवले झण्डा उठाउने आँट गरे भने कालान्तरमा सबै कित्तामा रहेका क्रान्तिकारीहरुले उनलाई साथ दिने सम्भावना पनि उत्तिकै प्रवल छ । तर, विप्लवका अगाडि बन्दूक उठाउनुभन्दा ठूलो चुनौती आम जनताका सामु त्यसको औचित्य पुष्टि गर्नु र तेस्रो विश्वका मुलुकहरुमा असफल साबित भैसकेको संसदवादका विरुद्ध लोकतन्त्रको उन्नत र समावेशी मोडेलको कम्तीमा पनि खाका प्रस्तुत गर्नु हो । विश्व कम्युनिस्ट आन्दोलनमा आजसम्म सत्तामा पुगेकाहरुले नेपालसम्म आइपुग्दा आफूलाई जसरी प्रस्तुत गरे र जे जति कमजोरी गरे त्यसलाई सच्याउन विश्व कम्युनिस्ट आन्दोलनमै निकै ठूलो वैचारिक संश्लेषणको खाँचो छ । त्यसका लागि सरकारी माक्र्सवादको घेरा तोडेर विश्व कम्युनिस्ट आन्दोलनमा रहेका वैकल्पिक धाराहरुको पनि अध्ययन, पुनःमूल्याङकन र प्रचार गर्ने कार्यको सुरुआतसम्म पनि हुन सकेको छैन, जसको लागि विप्लवजस्तो कुनै आँटिलो युवा क्रान्तिकारीको खाँचो छ । विश्व कम्युनिस्ट आन्दोलन सरकारी कम्युनिस्टहरुको मात्रै इतिहास थिएन, तिनको गलत बाटोका विरुद्ध बारम्बार औंला ठड्याउँदै आएका सत्ताबाहिरका क्रान्तिकारी कम्युनिस्ट सवाल्टर्नहरुको पनि आन्दोलन थियो भनेर बुद्धिजीवीदेखि सर्वहारावर्गसम्मका बीच स्पष्ट पार्ने आँट सिर्जनशील हुँदाहुँदै पनि प्रचण्ड बाबुरामले गर्न सकेनन् । विप्लवका अगाडिको अर्को चुनौती त्यो हो । (आखिर विप्लव पनि त यो घडीमा नेपाली कम्युनिस्ट आन्दोलनका सवाल्टर्न नै हुन् !) यो चुनौती हेर्दा सामान्य देखिए पनि यति गहन महत्वको छ कि यसको सामना गर्न नसक्नेले अबको दुनियामा कुनै कम्युनिस्ट वा समाजवादी क्रान्तिको नेतृत्व गर्न सम्भव नै छैन । समग्रमा भन्नुपर्दा नेपाली सर्वहारावादी क्रान्ति–भाग २ वा जनयुद्ध– भाग २ को सफल नेतृत्व गर्नका लागि आवश्यक पर्ने वैचारिक, सैद्धान्तिक कामका साथै समग्र राजनीतिक कार्यक्रम अगाडि सार्नु उनका अगाडिको सबभन्दा ठूलो चुनौती हो ।

नेपाली जनताविरुद्ध एकप्रकारको अघोषित युद्ध त गणतन्त्रको स्थापनापछि पनि काँग्रेस–एमालेको नेतृत्वमा नेपालका प्रतिक्रियावादीहरुले एकतर्फी रुपमा चलाइरहेकै छन् । मधेसमा दिनदिनै भैरहेका दमन र गैरन्यायिक हत्या, जनयुद्ध कालका मुद्दा ब्युँताएर विभिन्न ठाउँमा गरिएका गिरफ्तारी, तिनमा अदालतको सक्रियता, संविधान निर्माणको क्रममा काँग्रेस–एमालेको मोर्चाबन्दी र पुरानै संसदीय व्यवस्थाको पुनःबहालीका लागि षडयन्त्र आदिले नेपालका ठूलाठालुहरु अझै पनि परिवर्तनलाई स्वीकार्न तयार छैनन् र उनीहरुले देशलाई प्रतिक्रान्तितर्फ धकेल्न शीतयुद्ध चलाइरहेका छन् भन्ने नै प्रस्ट हुन्छ । नेपालको संघीयता र गणतन्त्र, विगतमा यसको ज्यानफालेर विरोध गर्नेहरुको नेतृत्वमा जानु निकै अप्राकृतिक छ । यसले संघीयता र गणतन्त्रलाई जनता झुक्याउने मुखौटोमा बदलिने खतरा बढेको छ । देशको सेतासर्टधारी तथाकथित नागरिक समाज प्रतिक्रान्तिको पक्षमा आमसम्मति तयार गर्न शान्तिसम्झौता भएको भोलिपल्दैदेखि उनका पश्चिमा मालिकको इशारामा कम्मर कसेर लागेको छ । देशका ठूला सञ्चारमाध्यमहरुमा पश्चिमा शक्तिको अदृश्य लगानी बढेको मात्रै छैन, उनीहरु विस्तारै प्रतिक्रान्तिका लागि सम्मति उत्पादनका कारखाना (कन्सेन्ट म्यानुफ्याक्चरिङ इन्टस्ट्री)मा परिणत हुँदै गएका छन् । हिजो गोलीबारीको गर्जनसँगै नेपाली निमुखा जनताका आवाज संसारभरि फैलिएको थियो । नयाँ युगको नयाँ राजनीतिक, आर्थिक एवम् सामाजिक कार्यक्रम क्रान्तिको भ्रुणमा हुर्कँदै थियो ।

 मानिसहरुले नयाँ मान्छे र नयाँ संसारको सपना देख्न थालेका थिए । तर, आज मानिसहरुको कल्पनाशीलता संकुचित भएको छ । नेपाली जनताले नयाँ नेपाल चाहेका थिए, तर आज उनीहरुलाई पुरानै नेपाल भिराउने, गरिबी, अशिक्षा, बेरोजगारी र अपमानको उपहार दिने चाल संविधानसभामा भैरहेको छ । यसको मतलब अहिल्यै नै नेपालका सबै माओवादी क्रान्तिकारीहरु संविधान निर्माण अलपत्र छाडेर युद्धमा फर्कनुपर्छ भन्ने पक्कै होइन । यहाँ भन्न खोजिएको के हो भने यतिबेला एमाओवादीको नेतृत्वमा शान्तिपूर्ण रुपमा परिवर्तन गर्ने जेजस्तो पहल भएको छ त्यो जारी राख्नु पर्छ । त्यो एउटा बाटो हो । तर, विप्लवले लिन खोजेको बाटो भिन्न प्रकारको, जोखिमपूर्ण तर बढी ¥याडिकल बाटो हो । पहिलो बाटोमा प्राप्त हुने सफलता मूलतः अर्को पक्ष कति लचिलो हुन्छ भन्नेमा भर पर्छ तर दोस्रो बाटोको सफलता मूलतः क्रान्तिकारीहरुको तागतमा भर पर्छ । सारमा भन्नुपर्दा, विप्लवले जसरी वैकल्पिक बहसको सुरुआत गराएका छन्, यसलाई पक्कै पनि ‘हावादारी’ भनेर पन्छाउन मिल्दैन । आगामी दिनमा नेत्रविक्रम चन्द कसरी अघि बढ्ने हुन् त्यो त हेर्न बाँकी नै छ । आखिर चे ग्वेभाराले भनेजस्तै सार सत्य के हो भने– असली क्रान्तिमा कि मृत्यु हुन्छ, कि त मुक्ति । नेक्रविक्रम यी दुई मध्ये एक रोज्न तयार भएकै हुन् त ? जवाफ त्यति सजिलो छैन । जे भए पनि, नेपालमा नयाँ विप्लव युगको सुरुआत भने भइसकेको छ, भविष्यमा त्यो दुःखान्तमा नै गएर किन नटुङ्गियोस् ।

-रातोपाटी डट कमवाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ मंसिर २०७१, आईतवार ०६:४५ मा प्रकाशित

समाचार

सबै

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार.....

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे.....

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा.....

बुढीगण्डकी आयोजनाको बाँकी मुआव्जा छिट्टै आउने

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणमा भएको ढिलाईलाई अन्त्य गर्न सरोकारवाला.....

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार.....

Categories