वेपत्ताको सम्झनामा प्रतिक्षालय वनाईदैं

949 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_6383धादिङ,९ मंसिर ः शशस्त्र द्धन्द्धको वेला वेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा प्रतिक्षालय निर्माण गरिने भएको छ । वेपत्ता योद्धा परिवार समाजले मंगलवार जिल्ला प्रशासन कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरि प्रतिक्षालयको शिलान्यास गरेको हो ।
एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हितवहादुर तामाङले प्रतिक्षालयको जगमा सिमेण्ट राख्दै शिलान्यास गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सरकारी कर्मचारी, एमाओवादीका जिल्ला पदाधिकारी तथा अन्य सदस्यहरु, विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरु, वेपत्ता परिवारका सदस्यहरुका साथै नागरिक समाज संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।
शशस्त्र द्धन्द्धका वेला राज्यको तर्फवाट २७ जना र विद्रोहीको तर्फवाट १ जना गरी २८ जना वेपत्ता भईरहेका छन ।