सनाखत नहुंदा दुई शव बन्यो वेवारिसे

824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,९ मंसिर ः धादिङ जिल्लाको गजुरीमा दुईवटा शव सनाखत हुन नसक्दा वेवारिसे बन्न पुगेको छ । सोमवार विहान गजुरी स्थित पृथ्वीलोकमार्गमा ट्रकको ठक्करवाट ज्यान गुमाएकी अन्दाजी ४५ बर्षकी एक महिलाको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमवार विहान गजुरी गाविसको वडा नम्बर १ मा पर्ने पृथ्वीलोकमार्गमा ना३ख ४११६ नम्बरको ट्रकले ठक्कर दिई मृत्यु भएकी महिलाको सनाखत हुन नसकेपछि प्रहरीले संचारमाध्यम मार्फत सर्वसाधरणलाई जानकारी गराएको छ ।
यसै गरी गजुरी गाविस स्थित त्रिशुली नदीमा मृत अवस्थामा बगाई ल्याएको अवस्थामा भेटिएका ४० बर्ष जतिका एक पुरुषको पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वासुदेव थापाले वताउनु भयो ।
दुवै शवको सनाखत हुन नसकेपछि प्रहरीले संचारमाध्यम मार्फत हुलिया सहित प्रचार प्रसार गरी सवसाधरणलाई जानकारी गराएको पनि प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो । ट्रकले ठक्कर दिई मृत्यु हुन पुगेकी महिला वर्ण गहुँगोरो, रातो सुईटर, कालो पछ्यौराको लुङ्गगी बनाएर लगाएको, रातो सेतो फित्ता भएको चप्पल लगाएको र उचाई ५ फिट भएको प्रहरीले वताएको छ । त्यसैगरी त्रिशूली नदीले वगाएर ल्याएको मृतक वर्ण रातो, कालो कोठे सर्ट लगाएको अवस्थामा रहेको प्रहरीले वताएको छ ।