कार दुर्घटना हुंदा एकको मृत्यु चार घाईते

548 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१२ मंसिर ः मुग्लिन–नारायणगढ सडकखण्डमा शुक्रवार ( आज) बिहान भएको कार दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ ।
दुर्घटनामा परेर अन्य चारजना घाइते भएका छन् । सो दुर्घटनामा परी ज्यान गुमाउनेमा नवलपरास जिल्लाको बर्दघाट गाविस वडा नम्बर – ८ का ७४ वर्षीय श्यामप्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नवलपरासीको वर्दघाट वाट नारायणगढ हुंदै मुग्लिनतर्फ जाँदै गरेको बा११च ५४३२ नम्बरको कार चितवन जिल्लाको कविलास गाविस–८ स्थित रिग्दीखोला नजिकै शुक्रवार विहान सवा ७ वजे तिर अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा कारमा सवार नवलपरासी बर्दघाट–१ बस्ने बर्दघाटकै ६२ वर्Èीय पानमति श्रेष्ठ, ४१ वर्Èीय इन्द्र ताम्राकार र भरतपुर नगरपालिका वडा नम्बर – ८ का ४५ वर्Èीय पूर्णमान श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अनियन्त्रित भई कार सडकमा पल्टेपछि गुडेर करिब ५० मिटर तल खस्न पुगेको थियो ।