धादिङमा थप दुई फरार अभियुक्त पक्राउ

612 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१२ मंसिर-sushilkumaar bisuraal gokul rai जिल्ला प्रहरी कार्यालय धादिङले अदालतवाट विभिन्न अभियोगमा कैद सजायँ तोकिएर पनि कैद भुक्तान नगरी फरार रहंदै आएका व्यक्तिहरुको खोजी र पक्राउलाई तिव्र पारेको छ । 
यसैक्रममा धादिङ जिल्लाको गजुरी गा.वि.स.वडा नं.१ बस्ने ५७ बर्षिय शुसिल कुमार विसुराल र धादिङकै नौविसे गाविस ४ जुगेडी बस्ने वर्ष ३६ का गोकुल राई पक्राउ परेका छन । 
लेनदेन मुद्दामा चितवन जिल्ला अदालतवाट २०५३ भदौ ३० गते पच्चिस हजार पचास रुपैया पचास पैसा जरिवाना तोकिएका विसुरालले अदालतले तोेकेको जरिवाना नतिरी फरार रहंदै आईरहेका थिए । मंसिर ११ गते गजुरी स्थित आफ्नै घरवाट पक्राउ परेका विसुरालले अदालतले तोके वमोजिमको जरिवाना तिरेपछि शुक्रवार उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विसुराललाई प्रहरीले शुक्रवार धादिङ जिल्ला अदालतमा पेश गरेको थियो । 
यसै गरी वलत्कारको आरोपमा फरार रहंदै आएका धादिङकै नौविसे गाविस वडा नम्बर ४ जुगेडी वस्ने ३६ बर्षिय गोकुल राई मंसिर ११ गते पक्राउ परेका छन । राई समेतको संलग्नतामा जवरजस्ति करणी मुद्धामा जिल्ला अदालत धादिङले २०७० असार ३ गते राईलाई ६ बर्ष कैद तोकेको थियो । अदालतको आदेश पछि पनि फरार रहंदै आएका राई मंसिर ११ गते आफ्नै घरमा फेलापरेपछि उनलाई पक्राउ गरी शुक्रवार जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले राईलाई कैद भुक्तानको लागि कारगार कार्यालयमा थुनामा राख्न आदेश दिएपछि राईलाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।