६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइँदै

1127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

TB-roge-finalधादिङ -समाजलाई क्षयरोग मुक्त वनाऔं सबैले यसलाई प्रतिबद्धता जोगाऔं भन्ने नाराका साथ ६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस धादिङ लगायत देशभर विभिन्न कार्यक्रमका साथ मनाईदैछ । धादिङ जिल्लामा पनि अहिले जिल्लाभर १ सय १३ जनाले विभिन्न स्वास्थ्य संस्था मार्फत नियमित औषधि सेवन गरिरहेका छन । ६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसर पारेर नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा धादिङले जनचेतनाका लागि तयार पारेको प्रचार सामाग्री यहां प्रस्तुत गरिएको छ ।

.क्षयरोग के हो ?
– क्षयरोग एक प्रकारको श्वास–प्रश्वासबाट सर्ने रोग हो ।
– यो माइक्रो व्याक्टेरियम ट्यूवरकुलोसिस भन्ने किटाणुबाट हुने रोग हो ।
– यसलाई ट्यूवरकुल वासिलाई पनि भनिन्छ ।
– क्षयरोगलाई साधारण भाषामा टी.वि भनिन्छ ।
– यस रोगलाई समाजमा ‘खपटे’ सुकेनास, सुकुटी पनि भन्ने गरिन्छ।
– संस्कृत भाषामा यसलाई राजंयक्ष्मा पनि भनिन्छ ।
– यो नङ, रौं बाहेक शरिरको कुनै पनि भागमा लाग्न सक्छ । तर बढी मात्रमा फोक्सोमा लाग्दछ ।
– अरु अंगको भन्दा फोक्सोको टि.वी बढी खतरनाक हुन्छ ।
– पहिले पहिले खतरनाक रुपमा देखिन्थ्यो भने अहिले क्षयरोग निको पार्ने प्रभावकारी औषधी सर्वसुलभ रुपमा उपलब्ध हुन्छ ।
– यस रोगको औषधी देश भरका स्वास्थ्य केन्द्रहरुमा निःशुल्क पाईन्छ ।
२.कसरी सर्छ ?
– फोक्सोको क्षयरोग लागेका व्यक्तिको फोक्सोमा असंख्या किटाणु रहेको हुन्छ ।
– फोक्सोको रोगीले खोक्दा,हाच्छिउँ गर्दा,हाँस्दा नजिक बसेर कुरा गर्दा
– आँखाले देख्न नसकिने अति शुक्ष्म किटाणुहरु हावामा फैलिन्छ ।
– हावामा श्वास प्रश्वास लिंदा हावाको माध्यमबाट निरोगी मानिसमा सर्दछ ।
– प्राय विरामीको नजिक बसेर सधै उठ बस गर्दा रोग सर्ने सम्भावना बढी हुन्छ ।
३.लक्षणहरु
प्रमुख लक्षण =दुई हप्ता भन्दा बढी समय देखि खोकी लागिरहनु अन्य लक्षणहरु=१. विशेषत साँझपख मन्द–मन्द ज्वरो आउनु
२. खाना नरुच्नु,
३. छात्ती दुख्नु
४. तौल घट्नु
५. खकारमा रगत आउनु
६. थकाई लाग्नु
७. श्वास प्रश्वासमा गाह्रो हुनु ।
४.कसरी निको हुन्छ ?
कुनै पनि व्यक्तिलाई क्षयरोग भइहालेमा डट्स विधि अपनाएर वा विधि भित्र रहेर निम्न उपाय अपनायौं भने टि.वी निको हुन्छ ।
१. ठीक मिल्ने वा सुहाउने औषधी खाने
२. ठीक मात्रमा औषधी सेवन गर्ने
३. नियमित औषधी सेवन गर्ने
४. पुरा तोकिएको समयमा औषधी सेवन गरेको
५. स्वास्थ्य कर्मीले भने अनुसार औषधी सेवन गरेमा
क्षयरोग निको नहुन सक्छ ।
– गलत औषधीबाट
– नमिल्ने औषधीको जोडी
– नमिल्दो ÷कमी वा बढी औषधीको मात्राले
– औषधी अनियमित गरी खाँदा
– पुरा समयमा औषधी नखाँदा ।
क्षयरोगमा बारेमा जान्न पर्ने कुराहरु
१. क्षयरोग पालेर बस्नाले आफ्नो पनि विवास हुन्छ र अरुलाई पनि रोग सार्दै विनास हुन्छ ।
२. क्षयरोग अति सुक्ष्म किटाणुबाट हुने सरुवा रोग हो ।
३. क्षयरोग औषधीउपचारबाट पुर्ण निको हुन्छ ।
४. उपचार गरिरहेका क्षयरोगी विरामीबाट रोग सर्ने संभावना कम हुन्छ । तर उपचार नभएका विरामीबाट भने रोग सर्ने भय हर हमेशा रहन्छ ।
५. क्षयरोगीले डक्टरको सल्लाह अनुसार ६–८ महिना नटुटाई औषधी खाएमा निको हुन्छ ।
६. क्षयरोगको शंका लाग्ने वित्तिकै नजिकको स्वस्थ्य चौकी,स्वस्थ्य केन्द्र,डट्स केन्द्र, अस्पताल वा डक्टर कहाँ गई जचाइहाल्नुपर्छ ।
७. प्रत्यक्ष निगरानीको ९ म्इत्क्० उपचार विधि सबै भन्दा राम्रो उपचार विधि हो ।
८. क्षयरेगको औषधी सरकारबाट अधिराज्यका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क वितरण गरिन्छ ।
९. औषधी झन्डै २ महिना जति खाएपछि पुरै निकोे भए जस्तो लाग्न सक्छ । तर त्यस बेलामा औषधी खान छोड्नुहुदैन ।
१०. फोक्सोको क्षयरोगीले लगातार औषधी खाइरहनुपर्छ र खकार परिक्षण गर्दा टि. वी भेटिएन भने अरुलाई सर्ने सम्भावना कम हुन्छ तर औषधी खान छोड्नुहुदैन । खकारमा टि.वी नदेखिए पनि शरिर भित्र किटाणु हुन सक्छ ।
११. क्षयरेग जुनसुकै उमेरकालाई पनि लाग्नसक्छ ।
१२. बच्चालाई वि. सी.जी सुई रोग संग सामना गर्ने शक्ति हुन्छ ।
क्षयरोग लाग्न सक्ने अवस्था
१. क्षयरोगी संगको निकट सम्पर्क भएका व्यक्तिहरु
२. क्षयरोगीका साथमा काम गर्ने व्यक्तिहरु
३. न्यून आयस्रोत भएका व्यक्तिहरु
४. ज्क्ष्ख्र ब्क्ष्म्क् संक्रमित व्यक्तिहरु
५. कुपोषणले सताएकाहरु
६. शरणार्थी शिविर तथा जेलमा बस्ने मानिसहरु