सत्ताइस घर टहरा हटाइए

811 पटक पढिएको

सम्पादक: Dhadingnews.com

अत्तरिया (कैलाली), १५ जेठ । जिल्ला वन कार्यालय कैलालीले साडेपानी गाविसमा वन जङ्गल अतिक्रमण गरी बसेका २७ घर टहरा हटाएको छ ।

वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मङ्गलबार सो गाविसको जहरमनीमा सुकुम्बासी तथा बाढीपीडितका नाममा वन अतिक्रमण गरी बसेका ४०० घरमध्ये २७ घर टहरा भत्काएको हो ।

वन कार्यालयले अतिक्रमित जग्गा खाली गर्न पटक–पटक सार्वजनिक सूचना निकाले पनि अतिक्रमणकारीले आलटाल गरेपछि प्रहरीको सहयोग लिई बल प्रयोग गरेर घर टहरा भत्काउनुपरेको जिल्ला वन अधिकृत राजेन्द्रमान सिंह भण्डारीले बताउनुभयो ।

पछिल्ला वर्षमा कैलालीमा बाढीपीडितका नाममा वन जङ्गल अतिक्रमण गर्ने क्रम बढेपछि जिल्ला वन कार्यालयले जिल्लाभर अतिक्रण हटाउने कार्य सुरु गरेको वन अधिकृत भण्डारीले बताउनुभयो । बा“की रहेका घरलाई आज डोजर लगाएर भत्काइने जानकारी उहा“ले दिनुभयो ।
साडेपानी गाविसको जहरमनी गाउ“मा पा“च वर्षदेखि बाढीपीडित तथा सुकुम्बासीका नाममा ४०० घर परिवार जङ्गल अतिक्रमण गरी बस्दै आएका थिए । रासस