इजरायलमा क्रिकेट म्याचको क्रममा बलले लागेर अम्पायरको निधन  |  

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ठमाडौं, मंसिर १४ । इजरायलमा क्रिकेट म्याचको क्रममा बलले लागेर एक जना अम्पायरको निधन भएको छ । अशदोद शहरमा इजरायली क्रिकेट लिगको अन्तिम म्याच चलिरहंदा ब्याट्सम्यानले प्रहार गरेको बल स्टम्प हुँदै अम्पायरलाई लाग्न पुगेको थियो ।

केही प्रत्यक्षदर्शीले अम्पायरको अनुहारमा बलले लागेपछि उनी मैदानमा ढलेको बताएका छन् भनेकेहीले उनको छातीमा लागेपछि हृदयघात भएको बताएका छन् । तत्काल अस्पताल पुर्‍याइएपनि अम्पायरलाई बचाउने प्रयास संभव हुन सकेन ।

ईजरायली क्रिकेट संघका अनुसार बलले लागेर मृत्यु हुने ५५ वर्षीय अम्पायर हिलेल अस्कर हुन् । अस्कर ईजरेली राष्ट्रिय क्रिकेट टोलीको पुर्व कप्तान भएको बताइएको छ । अष्ट्रेलियाको सिड्नीमा क्रिकेट बलले लागेर खेलाडी फिलिप ह्युजको निधन भएको दुई दिन नबित्दै ईजरायलमा यो घटना भएको छ ।

क्रिकेट खेलको क्रममा खेलाडीहरुले हेल्मेट लगाउने भएपनि अम्पायरले भने कुनै हेल्मेट लगाँउदैनन् । ५ वर्षअघि वेल्समा एउटा क्रिकेट म्याचकै क्रममा फिल्डरले फालेको बल लागेर अम्पायरले ज्यान गुमाएका थिए ।